Nepal Life Insurance

अस्त व्यस्त र जोखिममा काठमाडौं उपत्यकाको यात्रा ! कसरी सुरक्षित बनाउन सकिन्छ ?

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०९:५२

Beema News

अरुण पाख्रेन,

काठमाडौं/काठमाडौं उपत्यकामा पछिल्लो समय ठुला र आरमदायि यातायात सेवा संचालनको क्रम बढ्दै गएको छ । सरकारले पनि साना सवारी साधानहरुलाई हटाउने निर्णय गरेको छ । तर त्यो कार्यन्वयन भने हुन सकेको छैन । यद्यपी उपत्यकामा ठुला, आरमदायि तथा सुविधा सम्पन्न यातायात सेवाहरु संञ्चालनमा आउने क्रम तिब्र रहेको छ । जसका लागि यातायात व्यवसायिहरुले लाखौ खर्चेका छन । यसरी लाखौ लगानि गरेर भित्रिएको यातायात व्यवसाय कति सुरक्षित छ ? अनि यस्ता यातायात सेवाको यात्रा कतिको सुरक्षित छ ? भन्ने तथ्य हामीले खोज्ने प्रयास गरेका छौं ।


पछिल्लो समय काठमाडौं उपत्यकामा आधुनिक र उच्च प्रविधि युक्त ठुला सवारी साधानहरु भित्रने लहर चलेको छ । अहिले उत्पकामा मात्रै करिव आधा दर्जन कम्पनीहरुको लगभग एक सय यस्ता सवारी साधानहरु गुडिरहेका छन् । आज हामी यिनै ठुला सवारी मध्येको एक महानगर यातायात प्रा. लिका मोटर बीमाबारे प्रस्तुत गर्दै छौं ।
महानगरले २०७३ फाल्गुन ३० गतेदेखि उपत्यकामा ३९ वटा आधुनिक सुविधासम्पन्न बसहरु सञ्चालन गर्दै आईरहेका छन । एलसिडी टिभी, सिसी क्यामरा तथा जीपीएस प्रविधि सहित जडान गरिएको महानगर यातायातले उपत्यकाको चक्रपथ परिक्रमा गर्दछ । उपत्यकमा सञ्चानलन आएका यातायात सेवा मध्ये पहिलो पटक महानगर यातायातले आफ्नो सवारी साधानलाई आधुनिक र प्रविधियुक्त बनाएको महानगर यातायातका सचिव केशव नेपालको दाबी छ ।
३१ सिट भएको महानगरले गन्तब्यको सूचना दिन बसभित्र डिस्प्ले स्क्रिन र स्पिकर समेत राखिएको छ । यस बाहेक अर्को आर्कशक विषय हो, यात्रुबीमा ।
हरेक व्यसायिले आफ्नो सवारीसाधानको बीमासंगै तेस्रो पक्ष अर्थात यात्रुको बीमा पनि अनिवार्य गरेका छन् । त्यसैले यात्रुको यात्रालाई सुरक्षित बनाउन सवारी साधानको बीमासंगै तेस्रो पक्ष, यात्रु पक्ष तथा चालक र सहचालकको बीमा सुबिधा महानगरले गरेका छन ।

मोटरबीमा दर सम्बन्धी निर्देशिका २०७३ अनुसार नै तेस्रो पक्षको मृत्यु भएमा ५ लाख र घाइते भएमा ३ लाख सम्मको क्षतिपुर्तिको व्यवास्था रहेका महानगर प्रालिका सचित केशब नेपालले बताउनु भयो । ‘यात्रु दुर्घटना बीमा बराबर प्रति व्यक्ति ३ लाख रुपैया रहेको छ । तर नीजि अस्पतालहरुले दुर्घटनाको उपचार खर्च महंगो असुल्ने गरेको छ ।’ सचिव नेपालको गुनासो छ । बिरामी उपचारमा एकरुपता नहुदाँ दुर्घटनामा घाइते भएका यात्रुको उपचार खर्च बढि हुने र बीमा कम्पनीले दिने दाबी रकमले नपुग्ने समेत उहाँको भनाई छ । शिखर इनस्योरेन्सवाट बीमा गराएको महानगरले प्रति बस बर्षिक ९० हजार प्रिमियम तिर्दै आइरहेका छन् ।

के छ त ? मोटर बीमा निर्देशिकामा ?
२०७३ साउन १ गतेदेखि मोटरबीमा दर सम्बन्धी निर्देशिका २०७३ लागू भएको छ । बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०६६ लाई परिमार्जन गरी मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ लागू गरेको हो । परिमार्जित निर्देशिका अनुसार सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयां (रु. ५,००,०००) कायम रहेको छ । त्यहि बीमाङ्कको सिमा भित्र रही किरिया खर्च बापत तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजार रुपैयां ( ५०,०००।–) कायम गरेको छ । औषधी उपचार बीमाङ्कको सीमा भित्र कुरुवा खर्च प्रति दिन पाँच सय रुपैयां (५००) ले पैंतालिस दिन सम्मको लागि निर्धारण गरेको छ । अंगभंग तथा औषधी उपचार दुवै तेस्रो पक्ष, यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा अन्य कर्मचारीहरुको सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्क सीमा तीन लाख रुपैयां (३,००,०००।–) को अवस्था सिर्जना भएमा तत् सीमा भित्र छुट्टा छुटै रही दावी कायम हुने ब्यवस्था छ । तेश्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पांच लाख र औषधी उपचार गर्नु परेमा तीन लाख ( ३००,०००) को सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने व्यवास्था गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....