Nepal Life Insurance

भूकम्पसंग नडराउने काठमाडौँका घरधनी : बीमा नगरेका घरमा बस्छन राजधानीबासी

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०५:५६

सागर चन्द

बीमा न्युज,
काठमाडौँ/ सरकारले चालु आर्थिक बर्ष २०७३÷७४ को बजेटमा काठमाडौ उपत्यकाका घरहरुको अनिवार्य रुपमा बीमाको व्यवस्था गरिने बताए पनि कार्यन्वयन भने हुन सकेन । बीमा समिति र महानगरपालिका बिच आवश्यक सहकार्य हुन नसक्दा सरकारले सार्वजनिक गरेको योजना लागू हुन नसकेको हो ।
भुकम्पको जोखिमका दृष्टिकोणले नेपाल अति नै जोखिमपूर्ण क्षेत्र मानिन्छ । जहाँ कुनै पनि समयमा ८ रेक्टर स्केल भन्दा पनि ठूलो भुकम्प जान सक्ने विभिन्न अनुसन्धानहरु सार्वजनिक भएका छन् । त्यस्तै, विकट भौगोलिक बनावटको कारण नेपालमा बाढी, पैरो, डुबान तथा आगलागी जस्ता घटनाको सम्भावना रहि रहन्छ । त्यसैले नेपाल जस्तो मुलुकमा घरको बीमा गर्नु अनिवार्य रहेको लुम्बिनी जनरल इन्स्यारेन्सका सहायक महाप्रबन्धक कुमार बहादुर खत्रीले बताए । “तर नेपालमा अझै पनि घर बीमाका बिषयमा मानिसहरु सचेत हुन सकेका छैनन । बीमालाई अनावश्यक खर्च ठान्दछन्,” उनले भने । त्यसैले सरकारले अनिवार्य गरे मात्रै घरहरु सुरक्षित हुन सक्ने उनले बताए ।
उपत्यका भित्र घर निर्माणको कार्य तिव्र गतिमा बढीको छ । यसका साथै जोखिमहरु पनि बढी रहेका छन् । त्यसैले घर निर्माण गर्दा अनिवार्य बीमा गरेको हुनुपर्ने व्यवस्था गर्नु आवश्यक रहेको समितिले स्वीकार गरेको छ । समितिले घरको नक्सा पास गर्दा वा घर पूर्ण भै सकेको प्रमाणपत्र लिदाँ बीमा गरिएको कागजपत्र समेत पेश गर्नुपर्ने व्यवस्था गर्न सकने सबैलाई बीमाको दायरमा ल्याउन सकिने बताएको छ ।
बीमा भनेको सुरक्षा हो । र दुर्घटना कुनै पनि समयमा हुन सक्छ । बीमा दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई कम गराउँछ । त्यसैले जिवनभरको कमाईबाट निर्माण गरेको घरको बिमा गर्नु आवश्यक छ । तर, मानिसले करौडौ रुपैयाँ लगानी गरेर घर बनाउँछ तर हजारौ रुपैयाँ भुक्तानी गरेको त्यसको सुरक्षा गर्दा हिचकिचाउँछन् ।

Kathmandu Valley

मानिसहरुले स्व स्फूर्त रुपमा घरको बीमा नगरे पनि बैंक तथा बितिय संस्थाबाट ऋण लिदाँ भने बीमा गरेका हुन्छन । वित्तिय संस्थाबाट कर्जा लिदाँ अनिवार्य रुपमा घरको बीमा गराउनु पर्ने प्रावधान छ । त्यसैले यस्ता घरहरुको कानुनी बाध्यताका कारण बीमा भएको पाईन्छ । तर सामान्यतया मानिसहरुले बुझेर आफ्नो घरको सुरक्षाका लागि भनेर बीमा गर्ने गरेको भने नपाईने विमकहरु बताउँछन् । यसको मुख्य कारण चेतनाको कमी भएको उनीहरुको दाबी छ । जबसम्म मानिसहरुमा घर बीमा मेरो लागि हो, यसले भविष्यमा आईपर्ने दैवी प्रकोपबाट हुने क्षतिबाट मलाई आर्थिक सुरक्षा प्रदान गर्दछ भन्ने भावना जाग्रित हुदैन तबसम्म घर बीमाको विकास र विस्तार नहुने उनीहरु बताउँछन् ।
गोर्खा भुकम्पमा २ हजार ६७३ सरकारी भवनहरु पूर्ण रुपमा क्षतिग्रस्त भए । ३ हजार ७५७ आंशिक रुपमा भत्किए । ६ लाख २ हजार २५७ नीजि घर भत्किए । २ लाख ८५ हजार ९९ नीजि घर आंशिक रुपमा भत्किए । ८ हजार ३०८ विद्यालय प्रभावित भए । त्यस्तै, राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार भूकम्पले करिब ७ खर्ब रुपैयाँ बराबरको क्षति भयो । अध्ययनअनुसार आवास र मानव बसोबासमा मात्रै ३ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भयो । तर, बीमा कम्पनीहरुमा भने न्यून दाबी परे । यस घटनाले दुर्घटना कुनै पनि समयमा हुन सक्ने पाठ सिकायो । त्यसैले भुकम्प पछि घर बिमाको क्रम पनि बढ्ने कम्पनीहरुको अपेक्षा थियो । तर, अपेक्षा गरे अनुसारको बीमाको क्रम भने बढ्न सकेको छैन । अझै पनि मासिनहरुले ऋण लिएको अवस्थामा मात्रै घरको बीमा गर्ने अन्य अवस्थामा भने वास्ता नगर्ने प्रचलन रहेको विमकहरु बताउँछन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....