१५ जिल्लाका १८ हजार ८ सय ६० घर परिवारले गराए स्वास्थ्य बीमा
सागर चन्द,
काठमाडौँ/ सरकारले समाजीक सुरक्षा अन्र्तगत तीन बर्ष अघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ८६ हजार १ सय ३१ जनाले स्वास्थ्य बीमा गराएका छन् । कैलाली, बाग्लुङ्ग, इलाम, अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दी, भक्तपुर, गोर्खा, तनहुँ, चितवन, जुम्ला, जाजरकोट र मकवानपुरमा जिल्लाका १८ हजार ८ सय ६० परिवारले बीमा गराएका हुन् । बीमा रकम वाप्त सरकारी कोषमा ४ करोड ७१ लख ५० हजार रुपैँया जम्मा भएको छ ।
गत आर्थिक बर्षमा २ हजार ६ सय ३७ परिवारका १२ हजार ६ सय २३ जनाले स्वास्थ्य बीमा गराएका थिए् । २ करोड ९० लाख ३७ हजार रुपैँया सरकारी कोषमा जम्मा भएको थियो ।
प्रति परिवारका पाँच जना सदस्य बराबर रू.२ हजार ५ सय बीमाशुल्क भुक्तानी गरेपछि उक्त परिवारले रू.५० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । पाँच जना भन्दा बढी परिवार भएका खण्डमा प्रति सदस्य ४ सय २५ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ ।
बीमा गरिएका व्यक्ति बिरामी भएमा सरकारले तोकेका अस्पतालहरुमा उपचार सेवा लिनुपर्ने हुन्छ । स्वास्थ्य बीमा गराएका व्यक्तिले प्राथमिक स्वास्थ्य उपचार तोकिएको जिल्लामा मात्र गर्न पाईने प्रावधान रहेको सामाजीक स्वास्थ्य सुरक्षा विकास समितीले बताएको छ ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामीले भने थप उपचारका लागि तोकिएका अरु जुनसुकै अस्पतालमा गएर उपचार गराउन पनि सक्ने व्यवस्था समितीले गरेको छ । यसका साथै सरकारले बीमितलाई प्रदान गरिएको कार्डको स्क्यान गर्न अस्पतालहरुलाई स्र्माट मोबाईल पनि प्रदान गरेको छ । कार्डमा रहेको क्युआर कोड स्क्यानिङ गरेर अस्पतालले बीमितलाई प्रदान गरिएको सेवा र रकमका बारेमा समितिलाई जानकारी गराउन सक्नेछन् ।
बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रयोगशाला र औषधि बीमा सेवा प्रदान गरिएको छ । ४० वर्षभन्दा माथिका बीमितहरुले वर्षको एकपटक नजिकैको स्वास्थ्य संस्थाबाट अतिरिक्त सेवाको रुपमा स्वास्थ्य जोखिम परीक्षण सेवा पनि पाउने समितिले जानकारी दिएको छ ।
कहाँ—कहाँ पाईन्छ स्वास्थ्य सेवा ?
बीमितलाई स्वास्थ्यसेवा प्रदान गर्नका लागि बीमा कार्यक्रम लागु भएका जील्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्र, जील्ला अस्पताल र क्षेत्रिय अस्पतालहरुबाट स्वास्थ्य सेवा लिन सकिनेछ । भने विशिष्ट सेवा प्रदान गर्नको लागि सरकारले, विर अस्पताल, त्रि.वि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शहिद गंगालाल राष्टिय हृदय रोग केन्द्र, राष्टिय ट्रमा सेन्टर, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल, पाटन अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र छनौट गरेको छ ।
एक पटक बीमा रकम तिरेपछि एक वर्षसम्म परिवारका जोसुकै सदस्य बिरामी भए पनि ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचार खर्च सरकारले व्योहोर्ने छ । भने एक बर्ष भित्र परिवारका कुनै पनि सदस्य बिरामी नभएमा रकम भने फिर्ता हुने छैन् । यो बीमा कार्यक्रम एक बर्षका लागि मात्रै मान्य हुने भएकाले प्रत्येक बर्ष पुनः बीमा गर्नुपर्ने हुन्छ ।