बीमा न्युज,
काठमाडौँ/ पछिल्लो समयमा बीमा कम्पनीहरू दाबी भुक्तानी तर्फ सकरात्मक देखिएका छन् । कम्पनीहरुले दाबी भुक्तानी नै गर्दैनन् भन्ने मानिसको आम धारणालाई चिर्दैै कम्पनीहरु भुक्तानी तर्फ अग्रसर देखिएका छन् ।
बीमा योजना खरिद गर्न जति सजिलो छ दाबी भुक्तानी लिन त्यति नै असहज छ । त्यसैले पनि नेपालमा बीमा प्रति मानिसहरुको खासै रुची देखिदैन । तर, दाबी भुक्तानी नै गर्न नखोज्ने कम्पनीहरुले पछिल्लो पटक भने विमितहरुको घर घरमा पुगेर भुक्तानी दिन थालेका छन् ।
आर्थिक वर्ष ०७३÷७४ तेस्रो त्रैमास अवधिसम्ममा जीवन बीमा कम्पनीहरूले ७ अर्ब १२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा दोब्बर हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ३ अर्ब ५७ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
त्यस्तै, बीमा समितिको तथ्यांकअनुसार चालू आवको तेस्रो त्रैमासमा मात्रै कम्पनीहरूले ३ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा साढे तीन गुणाभन्दा धेरैले बढी हो । सो अवधिमा कम्पनीले दाबीबापत ९० करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
बीमा भनेको जोखिम हस्तान्तरण हो । विमितले भविष्यमा आइपर्ने सक्ने आर्थिक संकटलाई अनुमान गरी बीमा कम्पनीलाई जोखिम हस्तान्तरण गरेको हुन्छ । अर्थात् बिमा कम्पनी भनेको बिमितको दुःखको साथी हो । क्षतिले आहत बनेका बिमितलाई बीमा कम्पनीबाट प्राप्त हुने भुक्तानीले राहत प्रदान गर्छ । अर्थात् आर्थिक संकटको समयमा पाउने रकम बिमितका लागि अमूल्य हुन्छ । जसका कारण बिमितको बिमा कम्पनीप्रति विश्वास बढ्ने बताउँनुहुन्छ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका बजार प्रमुख कैलाश देवकोटा । “बिमा कम्पनीहरूका लागि बिमाशुल्क आर्जन गर्नु जति महत्वपूर्ण हुन्छ त्यति नै दाबी भुक्तानी पनि । जति दाबी भुक्तानी गर्न सक्यो त्यति व्यवसाय पनि बढ्दै जान्छ,” उहाँले भन्नुभयो ।
बीमा कम्पनीहरूको लागि दाबी भुक्तानी बजारीकरणको प्रमुख उपकरण भएको बताउनुहुन्छ बीमा समितिका निर्देशक राजुरमण पौडेल । यदि कम्पनीले समयमा नै भुक्तानी गर्ने हो भने बजारीकरणका लागि अन्य विकल्प अपनाउनु नपर्ने उहाँले बताउनुभयो ।
तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानीको क्रम बढे पनि निर्जीवन बीमा कम्पनीको भने घटेको छ । आर्थिक वर्ष ०७३÷७४ तेस्रो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ६० प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको चैत मसान्तसम्मा कम्पनीहरूले दाबीबापत २ अर्ब २५ करोड रुपैयाँ भुक्तानी गरेका छन् भने गत आवको सोही अवधिमा ५ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी गरेका थिए । यद्यपि निर्जीवन बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई प्राथमिकतामा राख्दै आएको बिमकहरू बताउँछन् ।
तेस्रो त्रैमास अवधिमा कम्पनीहरूको दाबी भुक्तानीको अवस्था