बीमा न्युज, काठमाडौं÷ सोमबार शेयर बजार सुरु भए देखि नै उकालो लागेको बीमा बजार बन्द हुने बेलामा घटेको छ । नेपाल स्टक एक्सचेन्जको समग्र बजार उकालो लाग्दा बीमा समुह भने घटेको हो । बीमा समुहको सूचक घटेपनि कारोबार भने राम्रै भएको छ । धेरै कारोबार गर्ने शिर्ष १० वटा कम्पनीको सूचिमा पाँच बीमा कम्पनी रहेका छन् । चार करोड चार लाख ७१ हजार नौं सय ५३ रुपैंयाको सेयर कारोबार भएर नेपाल लाइफ इन्स्योरेन्स सुचिको दास्रो स्थानमा रहेको छ । नेपाल पाइफलाई पछाउदै प्रभु इन्स्योरेन्सलाई तेस्रो स्थानमा रहेका छ । प्रभुले ३ करोड ९३ लाख २७ हजार सात सय ८९ रुपैयाँको कारोवार गरेको छ । यस्तै प्राइमलाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी संस्थापक र नेशनल लाइफ इन्स्योरेन्स धेरै सेयर कारोबार भएका बीमा कम्पनी हुन् ।
सोमबार बजार बन्द हुदा ५ दशमलब २१ अंकमा झरेर शुन्य दशमलब ०५ प्रतिशतले परिवर्तन भएको हो । नौ हजार पाँच सय ८८ दशमलव ८४ अंकमा उक्लिएको बीमा समुहको ३१ करोड ९६ लाख ३० हजार रुपैँयाको मात्रै सेयर कारोबार भएको छ । सोमबार कुल १ अर्ब ४ करोड ३१ लाख ९७ हजार पाँच सय २५ रुपैंयाको सेयर किनबेच भएको हो ।
कारोबार संख्याको आधारमा शिर्ष १० मा दुइ बीमा कम्पनी रहेको छ । पाँच सय ७९ पटक कारोबार भएर नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ भने दुइ ३५ पटक कारोबार भएर प्रभु इन्स्योरेन्स आठौं स्थानमा रहेको छ ।
धेरै कमाउने शिर्ष १० स्थानमा भने कुनै पनि बीमा कम्पनी परेको छैन । सोमबार अधिक सेयर मूल्य घट्ने शिर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनी मात्रै रहेको छ । जसमा एशियन लाइफ इनस्योरेन्सको दुइ दशमलब ९१ प्रतिशत, प्रभु इनस्योरेन्सको दुइ दशमलब ५८ प्रतिशत र गुरास लाइफ इन्स्योरेन्सको दुइ दशमलब ४० प्रतिशतले परिवर्तन आएको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५५ कम्पनीका १६ लाख ४८ हजार तीन सय ६२ कित्ता सेयरहरु नौ हजार ८५ वटा कारोबारबाट १ अर्ब ४ करोड १३ लाख ९७ हजार पाँच सय २५ रुपैँयामा किनबेच भएका छन् ।