बीमा न्युज,
साउन १८, काठमाडौं/ बुधबार पनि बीमा बजारमा सुधार आउन सकेन । मंगलबार ४१ अंकले घटेको बीमा बुधबार ८ अंक बढि घटेर ४९ दशमलब ०८ अंकमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्जको समग्र बजार सकरात्मक देखिदा बीमा समुहको सुचक ४९ शमलब ०८ अंकले घटेर ९ हजार चार सय ९८ दशमलब १४ मा झरेको हो । यद्यपी बीमा बजार ओरालो लागिरहँदा विकास बैंक र बैकिङ समुह पछि धेरै रकमको कारोवार गर्ने समुह बीमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार एक अर्ब क्रस गर्दा बीमा समुहको १७ करोड ५१ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारेबार भएको छ ।
नेप्सेमा सुचिकृत कम्पनी मध्ये धेरै कारोबार भएका शिर्ष १० मा २ वटा मात्रै बीमा कम्पनी रहेका छन । सूचिको चौथौं स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड छ लाख ९१ हजार ९६ रुपैयाको कारोबार भएको छ । नेपाल लाइफसंगै शिर्ष १० मा रहेको प्राइम लाइफ इन्स्योरेन्सको दुइ करोड ६० लाख २४ हजार आठ सय ९८ रुपैयाको कारोबार भएर सुचीको सातौं स्थानमा रहेको छ ।
कारोबार भएको सेयर संख्याका आधारमा शिर्ष १० मा कुनै बीमा कम्पनी परेको छैन । कारोबार संख्याको आधारमा शिर्ष १० मा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको चार सय ७८ पटक सेयर कारोबार भएर पहिलो स्थानमा रहेको छ ।
धेरै कमाउने फाइनान्सहरु समुहको दबदवा रहदा बीमा समुहको कुनैपनि कम्पनी शिर्ष १० स्थानमा परेको छैन । मंगलबार गुमाउने शिर्ष १० बीमा कम्पनीको सूचीमा २ वटा मात्रै रहेका छन । गुमाउनेमा पनि एनबी इन्स्योरेन्सको ६० अंक गुम्दा पहिलो स्थानमा रहेको छ ।
बुधबार नेप्से परिसुचक दुई दशमलब ०६ अंकले परिवर्तन भएर १ हजार ६ सय ६२ दशमलब ३१ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा एक सय ५७ कम्पनीका २१ लाख ४९ हजार छ सय २९ कित्ता सेयरहरु आठ हजार छ सय ४१ वटा कारोबारबाट १ अर्ब २ करोड ९४ लाख ६ हजार पाँच सय ७७ रुपैँयाको कारोबार भएको छ ।