बीमा न्युज,
साउन २०, काठमाडौं÷ यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६९ कम्पनी सेयर पाँच अर्ब २१ करोड बराबरको मुल्यमा कारोबार भएको छ । त्यसमा बीमा समुहको मात्रै १ अर्ब २८ करोड बराबरको कारोबार गरेको छ ।
पहिलो दिन आइतबार १६४३.२८ बिन्दुमा रहेको नेप्से परिसुचक सबै भन्दा धेरै बुधबार १६६२.७४ विन्दुमा पुगेको थियो । तर साताको अन्तिम दिन बिहिबार भने १६६०.५८ अंकमा झरेर रोकिएको छ ।
यता साताको सुरुवातमा सकरात्मक रहेको बीमा समुह त्यस पछि भने निरन्तर ओरालो लागेको थियो । पहिलो दिन आइतबार ९५९४.८० अंकमा रहेको बीमा सुचक सोमबार पनि त्यसैको हराहरीमा अर्थात ९५८८.८४ अंकमा रोकिएर थियो । त्यस पछि बीमा समुह साताको अन्तिम दिन सम्म पनि निरन्तर ओरालो लागिरह्यो । साताको अन्तिम दिन बिहिबार बीमा समुहमा सबै भन्दा धेरै ४५ दशमलब तीन अंकले गिरावट आउदा ९४२५.४० अंकमा रोकिएको थियो । साताको अन्तिम दिन शुन्य दशमलब ४८ प्रतिशत अंकले परिवर्तन हुदा पनि बीमा समुहको २० करोड बराबरको कारोबार भएको छ।