बीमा न्युज,
साउन, २५, काठमाडौ/ बुधबार संसदमा छलफलका लागि प्रस्तुत गरिएको स्वास्थय बीमा विधेयक पारित भएको छ । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले बैशाख ११ गते संसदिय सचिवालयमा दर्ता गराएको स्वास्थ्य बीमा विधेयकमा बुधबार संसदमा भएको छफल पश्चात विधेयक पारित भएको हो ।
स्वास्थ्य बीमा विधेयक छलफलका लागि संसद्मा
विधेयकमाथि बोल्दै स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले देशभर पहिचान गरिएका २७ लाख गरिब जनताका साथै सम्पूर्ण नागरिकले स्वास्थ्य सेवा सहज र सुलभ रुपमा प्राप्त गर्ने बाटो खुलेको बताउनु भयो । स्वास्थ्य बीमा विधेयक पारित भए पनि संविधानत प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा र बीमाले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझै शसक्त बनाउँदै सरकारी स्वास्थ्य प्रणालीमा सुधार गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिनु भयो ।