बीमा न्युज,
साउन २५, काठमाडौं÷ बुधबार नेपाल स्टक एक्चेन्जमा छ दशमलब २२ अंकको गिरावट आउदा बीमा समुहमा भने सकरात्मक देखिएको छ । बीमा र होटलबाहेक सबै समूह ओरालो लागेपछि नेप्सेमा गिरावट आएको हो । नेप्सेमा गिरावट आएपनि बीमा समुहमा भने आठ दशमलब ७१ अंकले बढेको छ । २२ करोड ५७ लाख ८० हजार रुपैयाँको कारोबार भएको बीमा समुहमा आठ दशमलब ७१ अंकले बढेर शुन्य दशमलब ९१ प्रतिशतले परिवर्त आउदा नौं हजार चार सय १४ दशमलब २३ अंकमा पुगेको छ ।
नेपाल लाइफको तीन करोड ९० लाख सात हजार छ सय ९५ रुपैंयाको कारोबार भएर मुल्को आधार धेरै कारोबार हुने कम्पनीको सुचिमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नवौँ स्थानमा रहेको एशिएन लाइफको १ करोड ८५ लाख ४२ हजार आठ सय ३७ रुपैंयाको कारोबार भएको छ । धेरै कारोबार गर्ने शिर्ष सुचिमा बीमा समुहको यि दुइ कम्पनी मात्रै परेको हो । सेयर संख्याको आधारमा धेरै कारोबार गर्ने कम्पनीहरुमा भने कुनै बीमा कम्पनी परेको छैन ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै चार सय ३० पटक कारोबार भएर पहिलो स्थानमा रहेको छ । कमाउनेमा गुराँस लाइफको २६ अंकले परिवर्तन भएर शिर्ष दशको अन्तिम स्थानमा रहेको छ । नेपाल लाइफको संस्थापन पक्ष भने गुमाउन सूचिको आठौं स्थामा रहेको छ ।
बुधबार परिसूचक ओरालो लागेपछि कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १ सय ५१ वटा कम्पनीको २८ लाख ३२ हजार चार सय ४५ कित्ता सेयर आठ हजार छ सय ४७ पटक खरिदविक्री हुँदा ९१ करोड ६२ लाख ४१ हजार सात सय ३२ रुपैयाँको मात्रै कारोबार भएको छ । नेप्से छ दशमलब २२ अंकको गिरावटसँगै एक हजार छ सय ६१ दशमलब ७२ अंकमा रोकिएको छ ।