बीमा न्युज,
साउन २६, काठमाडौं÷साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्जमा बीमा समुहको गिरावाट देखिएको छ । तर कारोबार भने बैकिङ्क समुह पछि दोस्रो स्थानमा रहेको छ । नेप्सेमा सबै भन्दा धेरै बीमा समुहमा गिरावट आएको छ । बीमा समुह १६ दशमलब ७५ अंकले घटेर नौं हजार तीन सय ९७ दशमलब ४८ विन्दुमा राकिएको हो । शुन्य दशमलब ४५ प्रतिशतको अंकले परिवर्तन आउदा बीमा समुहको कारोबार भने २३ करोड २२ लाख ९४ हजार रुपैंया भएको छ । बिहिबार नेप्सेमा आठ दशमलब १९ अंकको गिरावट आएर १६ सय ५३ दशमलब ५३ विन्दुमा झरेको हो ।
बीमा समुहमा सकारात्मक परिवर्तन नदेखिए पनि धेरै कारोबार गर्ने १० वटा कम्पनीको सूचिमा पाँच बीमा कम्पनी रहेका छन् । चार करोड बराबरको कारोबार भएर नेपाल लाइफ सूचीको तेस्रो स्थानमा रहेको छ । यस्तै साढे दुइ करोडको हराहरीको कारोबार भएर नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी (संस्थापन पक्ष) क्रमश चौथौं र पाचौं स्थानमा रहेको छ । प्राइम लाइफ र नेको पनि धेरै कारोबार गर्ने सुचिमा रहेका छन ।
कारोबार भएको सेयर संख्याका आधारमा नेपाल लाइफ मात्रै चार सय ८२ पटक सेयर किनबेच भएर पहिलो स्थानमा रहेको छ । धेरै कमाउने शिर्ष १० स्थानमा कुनै पनि बमिा कम्पनी पर्न सफल भएका छन् । ३९ अंकले गुमाएर नेपाललाई सुचिको सातौं स्थानमा रहेको छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६१ कम्पनीका २० लाख १० हजार चार सय ७७ कित्ता सेयरहरु सात हजार नौं सय ७५ वटा कारोबारबाट ९२ करोड ७९ लाख ३० हजार दुई सय ३९ रुपैँयामा किनबेच भएका छन् ।