Nepal Life Insurance

नेशनल लाईफ इन्स्योरेन्सको २९ औँ बार्षिक साधारण सभा : मूख्य आर्थिक विवरण

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार १४:३०

सागर चन्द

बीमा न्युज,

साउन २७, काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क संकलनमा २१ प्रतिशतले बृद्धि भएको छ । आर्थिक बर्ष २०७१÷७२ मा ३ अर्ब १७ करोड १४ लाख ७५ हजार ९ सय ४४ रुपैयाँ बिमा शूल्क संकलन गरेको कम्पनीले आर्थिक बर्ष २०७२÷७३ मा बीमा शुल्क संकलनमा २१ दशमलव ३६ प्रतिशतले बृद्धि गर्दै ३ अर्ब ८४ करोड ८८ लाख ५६ हजार २ सय ४२ रुपैयाँ संकलन गरको छ । शुक्रबार राजधानिमा आयोजित कम्पनीको २९ औँ बार्षिक साधारण सभामा सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार हाल कायम रहेको चुक्ता पुँजीको २५ प्रतिशत बोनस् जारि गर्ने र बाँकी ७५ प्रतिशत हकप्रद शेयर जारि गर्ने घोषणा समेत गरेको छ । यसरी जारि गरिएको शेयरबाट कम्पनीले बीमा समितिले अनिवार्य गरेको २ अर्ब चुक्ता पुँजी पुग्ने विश्वास व्यक्त गरेको छ । समितिले २०७५ भित्र अनिवार्य रुपमा जीवन बीमा कम्पनीलाई चुक्ता पुँजी २ अर्ब पु¥याउनु पर्ने निर्देशन यस अघि नै जारि गरिसकेको छ ।

  1. ८ सय २० मृत्यु दावि भुक्तानी
  2. १३ करोड ३८ लाख ९५ हजार ५ सय ७१ रुपैयाँ मौज्दात
  3. ५७ लाख २१ ह्जार ७ सय ७४ कित्ता शेयर 

 

कम्पनीको वित्तिय अवस्था

कम्पनीसंग चुक्ता पुँजी अन्र्तगत १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६ सय ७० रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोष अन्र्तगत ३७ करोड ७५ लाख ८४ हजार २ सय ८३ रुपैयाँ रहेको प्रतिवेदनले देखाएको छ । त्यसैगरि कम्पनीसंग जीवन बीमा कोष अन्र्तगत १४ अर्ब ३१ करोड ६२ लाख ५१ हजार २ सय ३१ रुपैयाँ रहेको छ । समग्रमा कम्पनी संग १६ अर्ब ११ करोड ३६ लाख ७० हजार ९ सय २५ रुपैयाँ कुल श्रोत रकम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कम्पनीले कर्मचारी खर्च अन्र्तगत आव ७२÷७३ मा ११ करोड ९३ लाख ३ हजार ४५ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कम्पनीको प्रतिवेदनका अनुसार कम्पनीले ८ सय २० मृत्यु दावि भुक्तानी गरेको छ । मृत्यु दावी, अवधि भुक्तानी र सर्मपण गरि आव ०७२÷७३ मा १ अर्ब १४ करोड ७३ लाख ३२ हजार १ सय १० रुपैयाँ भुक्तानी गरेको छ । यसका साथै कम्पनीले अभिकर्ताका क्षमता अभिबृद्धिका लागि आव ०७२÷७३ मा ४ सय ५० वटा तालिम संञ्चालन गर्दै ७ हजार २ सय ३८ अभिकर्तालाई तालिम प्रदान गरेको छ भने ४ हजार ७ सय ८६ वटा नयाँ अभिकर्तालाई तालिम प्रदान गरेको छ ।


कम्पनीले दिर्घकालिन लगानी शिर्षक अन्र्तगत अर्ब ६७ करोड २९ लाख ४ हजार ७ सय ३५ रुपैयाँ लगानी गरेको छ भने अल्पकालिन लागनीमा ९ अर्ब ५३ करोड २६ लाख ३ हजार ७ सय २६ रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसका साथै कम्पनीसंग विभिन्न २७ वटा संस्थाहरुको ५७ लाख २१ ह्जार ७ सय ७४ कित्ता शेयर रहेको छ, जसको हालको बजार मूल्य ६ अर्ब ८३ करोड १७ लाख ४ हजार ४ सय ३४ रुपैयाँ हुन जान्छ ।
कम्पनीसंग नगद तथा विभिन्न वित्तिय संस्थाहरुमा गरि १३ करोड ३८ लाख ९५ हजार ५ सय ७१ रुपैयाँ मौज्दात रहेको छ । कम्पनीले दिर्घकालिन कर्जा अन्र्तगत ९२ करोड ७० लाख २ हजार १ सय ५९ कर्जा प्रवाह गरेको छ भने अल्पकालिन कर्जा अन्र्तगत ७ करोड १७ लाख ७ हजार ४ सय ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस संगै कम्पनीले ९९ करोड ८७ लाख ९ हजार ६ सय ५ रुपैयाँ कुल कर्जा प्रवाह गरेको छ ।
वि.स २०४४ सालदेखी संञ्चालनमा रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले हाल १९ प्रकारका बीमा योजनाहरु सर्वसाधारणको लागि सार्वजनिक गरेको छ । बीमा समितिले कम्पनीको आर्थिक प्रतिवेदनलाई स—शर्त स्विकृत गदै विवरण नखुलेको बीमाशुल्क न्युनिकरण गर्न, अण्डरराईटिङ्गका समस्याहरु सुधार गर्न तथा व्यवस्थापकिय खर्च कम गर्न निर्देशन दिएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....