बीमा न्युज,
साउन २७, काठमाडौं, राष्ट्रपति तथा उपराष्ट्रपतिलाई २५ लाखको बीमा सुविधा दिने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधा विधेयक संसदवाट पारित भएपछि सो रकम बराबरको बीमा सेवा पाउने भएको हो ।
संसदको सुन्य र विषेश समयमा बोल्दै संसदका सदस्यहरुले बीमा जरुरी नभएको भने पनि सर्वसमंतबाट राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवा सुविधा विधेयक २०७४ संसदवाट पारित भएको हो । अब राष्ट्रपति वा उपराष्ट्रपतिलाई सरकारी कामको सिलसिलामा स्वदेश तथा विदेशको भ्रमण गर्दा २५ लाख बराबरको बीमा सुविधा रहने छ ।
बीमा सेवा लगाएत विधेयकमा राष्ट्रपति तथा उपराष्ट्रपतिलाई उपचार खर्चपनि तोकिएको छ । स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउदाँ वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराएको खर्च समेत नेपाल सरकारले व्यहोर्ने विधेयकमा उल्लेख छ । विधेयकमा राष्ट्रपति तथा उपराष्ट्रपतिले पाउने पारिश्रमित तथा पोशाकको सुविधा, दैनिक भत्ता तथा बीमा सेवा तोकिएको हो ।