बीमा न्युज,
साउन ३०, काठमाडौँ
आर्थिक बर्ष २०७४÷७५को सुरुवात संगै विभिन्न बीमा कम्पनीहरुले आफुले गएको आर्थिक बर्ष २०७३÷७४ मा गरेको कारोबारको विवरण सार्वजनीक गर्न थालेका छन् ।
हाल नेपालमा संञ्चालनमा रहेका ९ वटा जीवन बीमा कम्पनी र १७ वटा निर्जिवन बीमा कम्पनी मध्ये वित्तिय विवरण सार्वजनिक भएका केही कम्पनीहरुको वित्तिय अवस्था ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४ करोड २१ लख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेका थियो । ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ । त्यसै गरि कम्पनीको जीवन बीमा कोषमा १० अर्ब रुपैयाँ रहेको छ ।
नेको इन्स्योरेन्स कम्पनी
आर्थिक बर्ष २०७३÷०७४ मा १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै २१ करोड रुपैयाँ खुद नाफा गरेको छ । आव ०७२÷७३ मा कम्पनीले १२ करोड खुद नाफा आर्जन गरेको थियो । कम्पनीले २५ सय २५ वटा दावी भुक्तानी बापत ४० करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । आव ०७२÷७३मा ३२ करोड ४० लाख चुत्ता पुँजी रहेको कम्पनीले आ व७३÷०७४ सम्म आईपुग्दा ७१ करोड २८ लाख रुपैयाँ चुत्ता पुँजी पु¥याएको छ ।
बीमा कम्पनीहरुले बीमा समितिलाई दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले तोकिएको चुक्ता पुँजी पु¥याउन ९५ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारि गर्नेछन् ।
प्रभु इन्स्योरेन्सले बीमा शुल्क संकलनमा १० प्रतिशतले बृद्धि गर्दै आर्थिक बर्ष २०७३÷७४मा २७ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । ८३ करोड ७४ लाख बीमा शुल्क संकलन गर्दा कम्पनीले १७ सय २० वटा दाबी भुक्तानी स्वरुप ३५ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ रहेको कम्पनीको महाबिपत्ती कोषमा ५ करोड ४४ लाख रहेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७३÷७४मा४१ करोड ६५ रुपैयाँ खुद नाफा आर्जन गरको छ । कम्पनीको आव ०७२÷७३मा बीमांकीय मूल्याकन पश्चात ९० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । १३ रुपैयाँ ४५ पैसा प्रति शेयर आम्दानी रहेको कम्पनीको बीमा कोषमा४० अर्ब रुपैयाँ रहेको छ ।
प्राईम लाईफ
प्राईम लाईफले गएका आर्थिक बर्षमा १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ४ करोडले बढि हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ११ करोड नाफा आर्जन गरेको थियो । ३२ रुपैयाँ प्रति शेयर आम्दानी रहकोे कम्पनीले २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस संगै कम्पनीको बीमा शुल्क संकलन पनि ११ अर्ब पुगेको छ । ४८ करोड चुक्ता पुँजी रहेको प्राइम लाइफले २५ प्रतिशत बोनस सेयरको घोषणा समेत गरिसकेको छ । त्यसै गरि कम्पीको जीवन बीमा कोषमा ४ अर्ब रुपैयाँ रहेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मुनाफामा अघिल्लो आर्थिक बर्षको तुलनामा २३ दशमलव ७८ प्रतिशतले बृद्धि गर्दै २५ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो बर्ष कम्पनीले २० करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीले ७१ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दा ४० करोड ४८ लाख रुपैयाँ भने दाबी भुक्तानी गरेको छ ।
५३ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड ५६ लाख रुपैयाँ र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ रहेको छ ।
सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा १८ दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गएको आर्थिक बर्षमा २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जब की अघिल्लो आर्थिक बर्षमा १८ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो ।
५३ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १४ करोड ४१ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ४१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा आर्जनमा ५४ दशमलव ०५ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आर्थिक बर्षमा ९०

३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा चार अर्ब ७४ करोेड छ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको खुद मुनाफामा अघिल्लो आर्थिक बर्षको तुलनामा २२ दशमलव ५८ प्रतिशतले बृद्धि भएको छ । । गत ३७ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरको कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
८१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको शिखर इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ११ लाख रुपैयाँ र बीमा कोषमा ६४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
पुँजी बृद्धि योजनामा बीमा कम्पनीहरु
बीमा क्षेत्रको नियामक संस्था बीमा समितिले २०७५ असार मसान्तमा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी कम्तिमा १ अर्ब रुपैयाँ र जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा २ अर्ब रुपैयाँ पु¥याउन निर्देशन बीमा कम्पनीहरु पुँजी बृद्धिको योजनामा लागेका छन् ।
हाल संञ्चालनमा रहेका २७ वटा बीमा कम्पनी मध्ये धेरैजसोले पुँजी बृद्धिको लागि हकप्रद र बोनस शेयरको सहयोग लिने भएका छन् । बीमा कम्पनीहरुले बीमा समितिलाई दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले तोकिएको चुक्ता पुँजी पु¥याउन ९५ करोड ६४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारि गर्नेछन् ।
कस्तो योजना सार्वजनीक गर्दै छन् बीमा कम्पनी ?
जीवन बीमा कम्पनी
जीवन बीमा कम्पनीहरुले पनि समितिले तोकेको चुक्ता पुँजी पु¥याउन चालु आर्थिक बर्षमा नै ४७ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने छन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ७४ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २९ करोड रुपैयाँको हकप्रद शेयर चालु आर्थिक बर्ष भित्रै जारि गर्ने योजना समितिलाई बुझाईसकेका छन् । सूर्या लाइफ इन्स्यारेन्सले ८८ करोड ८३ लाख रुपैयाँको एफपिओ जारी गर्ने वा हकप्रद जारी गर्ने तथा बिदेशी कम्पनीसँग समन्वय गरी चुत्ता पुँजी पु¥याउने योजना सार्वजनीक गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार पुगिसकेको छ भने प्राइम लाइफले २०६९ सालदेखिको वासलात स्वीकृत भएपछि नाफा र शेयरधनी कोष यकिन हुने र त्यसपछि तोकिए अनुसारको चुक्ता पुँजी पुग्ने समितिलाई जानकारी गराएको छ ।
निर्जिवन बीमा कम्पनी
चालु आर्थिक बर्षमा निर्जीबन बीमा कम्पनीहरुमध्ये एनबी इन्स्योरेन्सले ४ करोड ८६ लाख रुपैयाँको हकप्रद जारी गर्ने बताएको छ । एनएलजी इन्स्योरेन्सले २९ करोड ५१ लाख रुपैयाँको र नेको इन्स्यारेन्सले २३ करोड ५३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछन् । यसका साथै प्रभु इन्स्योरेन्सले पनि ११ करोड ५५ लाख रुपैयाँ बराबरको बोनस शेयर जारि गर्दै छ । अन्य निर्जिवन बीमा कम्पनी पनि सेयर जारि गर्ने तयारीमा रहेका छन् ।
पढ्न छुटाउनुभयो कि ?
- चुक्ता पुजिँ बृद्धि गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, ३९ करोडको हकप्रद शेयर निष्कासन
- नेशनल लाईफ इन्स्योरेन्सको २९ औँ बार्षिक साधारण सभा : मूख्य आर्थिक विवरण
- जीवन बीमा व्यवसायमा ११ प्रतिशतको बृद्धि
- कमजोर बन्दै सरकारी स्वामित्वका बीमा कम्पनी
- बैंकिगं क्षेत्रको तरलता अभावमा पनि निर्जीवन बीमा व्यवसायमा २७ प्रतिशतको बृद्धि