बीमा न्युज,
भदौ ८, काठमाडौं÷सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रममा पुरुषको तुलनामा महिलाको सहभागीता संख्या अधिक देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांक अनुसार स्वास्थ्य बिमा कार्यक्रममा सहभागी सदस्यमध्ये ५३ प्रतिशत महिला रहेका छन् । त्यस्तै, समितिको तथ्यांक अनुसार हालसम्म स्वास्थ्य उपचार सेवा लिएकामध्ये ५७ प्रतिशत संख्या महिलाको नै रहेको देखिएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको पछिल्लो तथ्यांक अनुसार स्वास्थ्य बिमा कार्यक्रममा ५३ प्रतिशत महिला सहभागी
हालसम्म नेपालका विभिन्न जील्लामा संञ्चालन भईरहेको स्वस्थ्य बीमा कार्यक्रममा हाल सम्म १५ जिल्लाका ८८ हजार ३ सय ८५ जना व्यक्ति सहभागि भईसकेकाका छन् । प्रत्येक जिल्लामा पुरुषको तुलनामा महिला सहभागीता बढी देखिएको छ । गत चैत्र २५ गते कैलालीबाट सुरुवात भएको यो कार्यक्रम हाल बाग्लुङ्ग, इलाम, अछाम, बैतडी, कास्की, पाल्पा, म्याग्दी, भक्तपुर, गोर्खा, तनँहु, चितवन, जुम्ला, जाजरकोट र मकवानपुरमा समेत विस्तार भईसकेको छ ।
पुरुषको तुलनामा महिलाको जनसंख्या अधिक हुनु तथा रोजगारीको लागि पुरुषहरु घर भन्दा बाहिर रहनुले पनि स्वास्थ्य बीमा गराउनेमा महिलाको संख्या धेरै देखिएको हुन सक्ने समितिका सिअहेव अधिकृत जनक अधिकारी बताउनुहुन्छ । “हाम्रा दर्ता सहयोगीहरु घर घरमा जानु हुन्छ । प्राय जसो घरमा महिलाहरु नै भेटिन्छन् । त्यसैले पनि महिलाको संख्या अधिक भएको हुन सक्छ,” उहाँले भन्नु भयो ।
नागरिकको उपचार गर्न पाउने अधिकारलाई संरक्षण गर्दै सरकारले नै स्वास्थ्य बीमा कार्यक्रमको परिकल्पना गरेको हो । कार्यक्रम सञ्चालनको योजना विगत लामो समय देखि भएता पनि अघिल्लो बर्ष देखि मात्रै यो कार्यक्रम सञ्चालनमा आएको हो । सरकारले पुर्वाधार निर्माण र योजना बनाउने काम धेरै अगाडी देखि गर्दै आए पनि सामाजिक स्वास्थ्य सुरुक्षा विकास समिति गठन आदेश २०७१ पारित भएपछि यस कार्यक्रमले गति लिएको हो । कार्यक्रम सञ्चालनकै लागि अर्थमन्त्रालयले छुट्टै सुरक्षा विकास समिति समेत गठन गरेको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको महिला र पुरुषको संख्या
स्रोत ः समाजिक सुरक्षा स्वास्थ्य विकास समिति