बीमा न्युज,
काठमाडौँ ।
नेपालमा सामसुङ मोबाइल आयात तथा बिक्रिकर्ता इन्टरनेशनल मार्केट्रिङ्ग सर्भिसेज (आइएमएस) ले सामसुङका महँगा फोनको प्रयोगकर्तालाई निर्धक्क बनाएको छ । महँगो मोबाइल चलाउनेलाई मोबाइल हराउने, खसेर फुट्ने, पानीमा पर्ने खालका समस्याबाट पर्ने घाटा पूर्ति गर्दै आएको छ । सुरुमा आइएमएसले सामसुङका ग्यालेक्सी एस थ्रि र ग्यालक्सीनोट टुमा किन्दैमा बीमा गर्दै आएको छ । सेट खरिदका क्रममा कुनै खालको प्रिमियम नलिई बिमा गर्दै आएको आइएमएसका निर्देशक दिपक मल्होत्राले बताए । उनका अनुसार आइएमएसले मोबाइल सेट खरीद गरेको एक हप्ताभित्र सबै विवरण उल्लेख भएको ‘बीमा पोलिसी’ ग्राहकलाई दिन्छ ।
स्मार्ट तथा नयाँ प्रविधिको मोबाइल उपकरण महँगा हुने र त्यसको प्रयोगका क्रममा उपभोक्ताले कुनै पनि मानसिक हैरानी र तनाव बेहोर्न नपरोस् भनेर यस्तो सेवा सुरु गरेको आइएमएसले जनाएको छ । यस योजनाका लागि एभरेष्ट इन्स्योरेन्सले बीमा सुबिधा प्रदान गरेको छ । यो योजनामा खरिद गरिएका यी दूई सामसुङ मोडल चलाउँदा हराएमा, पानीमा खसेमा वा खसेर फुटेको खण्डमा उपभोक्ताले क्षती पूर्ति बीमा कम्पनीबाट प्राप्त गर्न सक्छ । भिड वा घर, कार्यालय जहाँसुकैबाट मोबाइल चोरी भए पनि प्रहरी रिपोर्टको आधारमा आइएमएसले अर्को फोन दिने बताएको छ ।