बीमा न्युज,
काठमाडौं, एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि संझौता भएको छ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले संझौतापत्रमा हस्ताक्षर गरेको हो ।
अब बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुले मुलुकभरका शाखाहरुवाट एशियन लाईफको बीमालेखहरु सजिलै खरिद गर्न सक्छन् । अहिले मुक्तिनाथ बिकास बैंकका नेपाल भर ५९ वटा शाखा कार्यालयहरु रहेका छन् ।
बैंकासुरेन्स के हो ?
बीमा व्यवसायको क्षेत्र विस्तार हुदै जाने क्रममा बैक तथा बीमा कम्पनीहरु सहकार्यमा बैंकमै बीमा गर्न सकिने सुबिधा नै बैंकासुरेन्स हो । विश्व बजारमा बैंकासुरेन्स धेरै पहिले नै प्रचलनमा आएको भए पनि नेपालमा भने भर्खरै सुरुवात भएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा उपलब्ध गराउने भएकाले बीमा व्यवसायको विस्तारमा बैकासुरेन्सले थप योगदान दिने बीमा कम्पनीहरुको विश्वास रहेको छ ।