बीमा न्युज,
भदौ १५, काठमाडौं÷ साताको अन्तिम दिन बिहिबार पनि नेपाल स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ । नेप्सेमा सुचिकृत आठ समुह मध्ये सबै भन्दा धेरै बीमा समुहमा भारी गिरावट आएको छ । बीमा समुहमा १५६.२२ अंकको गिरावट आउदा आठ हजार आठ सय ४५ दशमलब ६२ विन्दुमा झरेको छ । एक दशमलब ७४ प्रतिशतले घट्दा बीमाको कारोबार पनि १५ करोड ४४ लाख २७ हजारमा सिमित भएको छ ।
नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आएको हो । नेप्सेमा १८ दशमलब ८५ अंकको गिरावट आउदा कारोबार ८५ करोड बराबरको भएको छ । एक दशमलब १८ प्रतिशत अंकले नेप्से घट्दा १५ सय ७९ दशमलब ५२ विन्दुमा झरेको छ ।
बिहिबार बीमा समुहको शिर्ष कारोबार गर्न नेशनल लाइफको साधारण शेयर र प्रमोटर शेयर सफल भएको छ । जसवाट चार करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै तीन सय ९३ पटक कारोबार भएको छ । बिहिबार धेरै कमाउनेमा लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् भने धेरै गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेको छैन ।
बिहिबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६० कम्पनीका १५ लाख ६८ हजार सात सय ८९ कित्ता सेयरहरु १० हजार चार सय २१ वटा कारोबारबाट ८४ करोड ७२ लाख ३९ हजार दुई सय २१ रुपैँयामा किनबेच भएका छन् ।