बीमा न्युज,
भदौ १५, काठमाडौं÷नेपाली बीमा बजारमा नयाँ खेलाडीले बिहिबार आफ्नो उपस्थिति जनाएको छ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरेको छ ।
कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी प्रमोटरको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने यस कम्पनि को चुक्ता पुँजी २ अर्ब रुपैयाँ र २८० जना प्रमोटर रहने छन् ।
गत साउन २० गते संचालनको अनुमति प्राप्त गरेको यस रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी का प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनी रहेका छन ।
आउदो दशैं बाट नै समस्त नेपाली का लागी बीमा को नयाँ नयाँ प्याकेज लिएर आफ्नो दरिलो उपस्थिति जनाउने तयारीमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।