बीमा न्युज,
भदौ १६, काठमाडौं÷नेपाल स्टक एक्सचेन्जले शुक्रबार नेपाल इन्सुरेन्सको मुल्य समायोजन गरेको छ । नेप्सेले नेपाल इन्सुरेन्सको ५ प्रतिशत बोनस मुल्य समायोजन गरको हो । मुल्य समायोजन पछि प्रतिकित्ता एक हजार चार २४ रुपैयाँ मुल्य तोकिएको छ । प्रति कित्ता औसत आधार मूल्य भने आठ सय ८६ रुपैयाँ हो ।
नेपाल इन्सुरेन्सले भदौ ३० गतेको वर्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस दिने प्रस्ताव परित गर्ने जनाएको छ । कम्पनीले बोनसपछि कायम हुने पुँजीबाट १०० प्रतिशत हकप्रद ल्याउने तयारी पनि गर्दैछ ।
नेपाल इन्स्योरेन्स ले वार्षिक साधारण सभा तथा हकप्रद बिक्री गर्न शुक्रबार बुक क्लोज गरेको हो । नेप्सेमा अब कारोबार खुल्दा समाजोजित मूल्यमा हुनेछ ।