बीमा न्युज,
भदौ १९, काठमाडौं÷ साताको पहिलो दिन इदपर्वको कारण बन्द भएको नेप्से सोमबार मात्रै खुल्दा पनि सकारात्कम बन्न सकेन । सोमबार पनि नेपाल स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ । नेप्सेमा सुचिकृत आठ समुह मध्ये सोमबार पनि बीमा समुहमै सबै भन्दा धेरै अंकले गिरावट आएको हो । बीमा समुहमा १३६.७३ अंकको गिरावट आउदा आठ हजार सात सय १८ दशमलब ०१ विन्दुमा झरेको छ । एक दशमलब ५४ प्रतिशतले घट्दा बीमाको कारोबार १८ करोड ९३ लाख ४९ हजार भएको छ ।
गत हप्ताको अन्तिम दिन बिहिबार नेप्सेमा सुचिकृत सबै समुहमा गिरावट आएको थियो त्यो क्रम आज सोमबार पनि रोकिएको छैन । सोमबार नेप्सेमा २५ दशमलब ४७ अंकको गिरावट आउदा कारोबार ८४ करोड बराबरको भएको छ । एक दशमलब ६१ प्रतिशत अंकले नेप्से घट्दा १५ सय ५४ दशमलब ४७ विन्दुमा झरेको छ ।
सोमबार बीमा समुहको शिर्ष कारोबार गर्नेमा नेपाल लाइफ र युनाइटेड धेरै कारोबार भएको छ । नेपाल लाइफको दुई करोड ९४ लाख कारोबार भएर सुचिको दोस्रो स्थानमा रहेको छ भने युनाइटेडको दुई करोड ६० लाख बराबरको शेयर कारोबार भएर सुचिको पाँचौं स्थान रहन सफल भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै दुई सय ६७ पटक कारोबार भएको छ । सोमबार धेरै कमाउनेमा एनबी इन्स्योरेन्स मात्रै रहेका छन् भने धेरै गुमाउनेमा युनाइटेड इन्स्योरेन्स मात्रै रहेका छन् ।
बिहिबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५२ कम्पनीका १५ लाख ७० हजार सात सय ३१ कित्ता सेयरहरु नौं हजार दुई सय ४१ वटा कारोबारबाट ८४ करोड २९ लाख २० हजार ३४ रुपैँयामा किनबेच भएका छन् ।