Nepal Life Insurance

बजेटमा उपेक्षित बीमा क्षेत्र

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार १६:०४

सागर चन्द

बीमा क्षेत्रप्रति सरकार उदासिन

बीमा न्युज
भाद्र १९, काठमाडौ ।

चालु आर्थिक वर्ष २०७४÷७५को लागि सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोड ४७ लाख ५५ हजारको बजेट ल्याएको छ । कुल विनियोजित बजेटमध्ये चालु तर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात ६२.८ प्रतिशत, पुजिँगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख अर्थात २६.२ प्रतिशत र वित्तिय व्यवास्थापन तर्फ १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात ११ प्रतिशत रहेको छ ।
सरकारले सार्वजनिक गरेको बजेटमा प्रष्ट रुपमा बीमाको लागि बजेट नछुट्टाए पनि स्वास्थ्य सेवा अन्र्तगत ३१ अर्ब ८६ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य सेवा अन्र्तगत सरकारले आगामी ३ वर्ष भित्रमा सबै नेपालीको स्वास्थ्य बीमा गर्ने जनाएको छ । जस अनुरुप गुणस्तरी स्वास्थ्य सेवा सुलभ दरमा सहज रुपमा प्रदान गर्ने योजना रहेको बजेटमा उल्लेख छ । यस्तै राष्ट्रिय स्वास्थ्य बीमा योजना कार्यन्वयनको कामलाई तिब्रता दिने पनि उल्लेख छ । अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै घोषण भएको बजेटले बीमा क्षेत्रको अघिल्लो आर्थिक वर्षको कार्यक्रमले पनि निरन्तरता पाएको हो ।

आर्थिक वर्ष २०७३÷७४ का लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य बिमा योजना क्रमिक रुपमा लागू गर्ने बताइएकोथियो । स्वास्थ्य सेवालाई सबैको पहुँचमा विमाद्वारा सुरक्षा प्रदान गर्ने मनसायले सरकारले स्वास्थ्य बीमा योजना ल्याएको हो । त्यही कार्यक्रमलाई निरन्तरता दिदै आगामी तीन वर्ष भित्र सबै नेपालीले स्वास्थ्य बीमा पु¥याउने उदेश्यले राष्ट्रिय स्वास्थ्य बीमा योजना कार्यक्रमलाई तिब्रता दिइने छ । तत्कालीन अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक वर्ष २०७४÷७५ को बजेट विबरण प्रस्तुत गर्दै बीमा कम्पनीहरुको सेवालाई विस्तार गरी बीमा सम्बन्धि जनचेतनामुलक कायक्रमहरु संञ्चालन गरेर बीमा गर्न सर्वसाधारणहरुमा उत्प्रेरित गर्ने जनाइएको थियो ।
गत आर्थिक वर्षको पहिलो चरणमा २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने सरकारको योजना रहेको थियो । जसको लागि सरकारले २ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा २ अर्ब मात्रै विनियोजन गरेको छ ।

नेपालले पुर्नबीमाको ठुलो रकम बहिर पठाइरहेको जनाउदै तत्कालीन अर्थ मन्त्री महराले नेपालकै एक मात्र पुर्नबीमा कम्पनी नेपाल पुर्नबीमा कम्पनीमै अनिवार्य पुर्नबीमा गनुपर्ने उल्लेख गरिएको छ ।

गत वर्ष सरकारले लघु विमाको माध्यमबाट विमालाई समाजको तल्लो तहसम्म विस्तार गर्ने सोच बनाइएको थियो । जस अनुरुप यस वर्षबाट लघुबीमा कार्यक्रम लागु भएको छ । यसको लागि कृषि तथा पशुपंक्षी बीमाको प्रिमियममा ७५ प्रतिशतसम्म अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । त्यसैगरी कृषि तथा पशुपंक्षी कर्जाको व्याजमा दिइने अनुदान वृद्धि गरी ५ प्रतिशत पुर्याइएको थियो । यस्ता कार्यक्रमहरुलाई चालु आर्थिक वर्षमा पनि निरत्तरता दिइएको छ ।
नेपालले पुर्नबीमाको ठुलो रकम बहिर पठाइरहेको जनाउदै अर्थ मन्त्री महराले नेपालकै एक मात्र पुर्नबीमा कम्पनी नेपाल पुर्नबीमा कम्पनीमै अनिवार्य पुर्नबीमा गनुपर्ने उल्लेख समेत गर्नु भएको थियो  ।

नेपालमा संचालित बीमा कम्पनीले पुर्नबीमाका लागि ठूलो धनराशी विदेशी पुर्नबीमा कम्पनीलाई बुझाउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न बजेटमा विशेष व्यवस्था गरिएको हो । नेपालमा अहिले १७ वटा निर्जीवन तथा ९ वटा जीवन बीमा कम्पनी छन् । भर्खरै मात्रै थप तीन वटा जीवन बिमा कम्पनीले समितिबाट सञ्चालन अनुमति पाएका छन् ।
आव ७३÷७४ मा जीवन बीमा कम्पनीको एक खर्ब २९ अर्ब ८१ करोड १७ लाख रुपैयाँ र निर्जीवन कम्पनीको व्यवसाय ३३ अर्ब २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । आव २०७२÷७३ मा बीमा कम्पनीको व्यापार एक खर्ब ५९ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ रहेको थियो । नेपालमा रहेका बीमा कम्पनीले भारत, मलेसिय, सिंगापुर, अमेरिका लगायतका देशका कम्पनीसँग पुर्नबीमा गराउँदै आएका छन् ।वर्तमान अर्थमन्त्री  ज्ञानेन्द्र बहादुर कार्कीले बीमा को विकास र विस्तार का लागि कस्तो नीतिगत प्रयास अघि बढाउनु हुने छ यो भने प्रतीक्षाको बिषय बनेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....