बीमा न्युज
भाद्र, २०, काठमाडौँ ।
एन बि इन्स्योरेन्स कम्पनीले २० औँ बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनी संञ्चालक समितिको भाद्र १९ गतेको बैठकले निर्णय गरेबमोजीम असोज १० गते साधारण सभा गर्ने निर्णय गरेको कम्पनीले बताएको छ । साधारण सभामा आर्थिक बर्ष २०७३÷७४को आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने र ०७४÷७५को लागि लेखापरिक्षक नियुक्ती गर्ने लेखापरिक्षकको पारिश्रमिकका विषयमा छलफल गरिने कम्पनीले बताएको छ ।
यसका साथै साधारण सभामा कम्पनीको चुक्ता पूँजी बृद्धि गर्दै २ अर्ब पु¥याउन हकप्रद शेयर जारि गर्ने प्रस्ताव परित गरिने बताएको छ । कम्पनीले चुक्ता पूँजी बृद्धीको लागि १० बराबर ८ को अनुपातमा हकप्रद शेयर जारि गर्ने निर्णय गरेको छ । यस संगै कम्पनीको १८ औँ तथा १९ औँ बार्षिक साधारण सभाले गरेको निर्णय अनुसार कम्पनीको नाम र लोगो परिवर्तन गर्ने विषय समेत साधारण सभामा छलफलको विषय हुने छ । साधारण सभामा प्रमुख कार्यकारी अधिकृतको तलब भक्ताको विषमा पनि छलफल गरिने कम्पनीले जारि गरेको सूचनामा उल्लेख गरिएको छ ।