बीमा न्युज,
भदौ २२, काठमाडौं÷ साताको अन्तिम दिन बिहिबार नेप्सेमा फेरी गिरावट देखिएको छ । केहि दिन देखि भारि गिरावट आएको नेप्से बुधबार भने सुचिकृत आठ समुह मध्ये उत्पादन तथा प्रशोधन समुह बाहेक सबै सकारात्मक देखिएको थियो । तर फेरी आज बिहिबार सबै समुहमा गिरावट आएको छ ।
बिहिबार नेप्सेमा बीमा समुहमा सबै भन्दा धेरै अंकले गिरावट आएको छ । बुधबार ५५ दशमलब २५ अंकले बढेको बीमा समुह बिहिबार भने एक सय १४ दशमलब ८६ अंकले घटेर आठ हजार छ सय ५८ दशमलब ४० विन्दुमा झरेको छ । एक दशमलब ३१ प्रतिशतले परिवर्तन आउदा बीमा समुहको कारोबार ११ करोड पाँच लाख ८९ हजार मात्रै भएको छ ।
बिहिबार नेप्सेमा ११ दशमलब ९५ अंकले घढ्दा ७३ करोड बराबरको कारोबार भएको छ । शुन्य दशमलब ७६ प्रतिशत अंकले परिवर्तन हुदाँ १५ सय ५४ दशमलब ५५ विन्दुमा रोकिएको छ ।
बिहिबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा नेपाल लाइफ मात्र रहेको छ । जसको एक करोड ६७ लाख बराबरको कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै दुई सय ९० पटक कारोबार भएको छ । त्यस्तै बिहिबार धेरै कमाउने र धेरै गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेका छैनन् ।
बिहिबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ५७ कम्पनीका १२ लाख ८५ हजार आठ सय पाँच कित्ता सेयरहरु आठ हजार पाँच सय नौ वटा कारोबारबाट ७३ करोड ४९ लाख ५४ हजार नौ सय ३६ रुपैँयामा किनबेच भएका छन् ।