बीमा न्युज,
काठमाडौं÷नेशनल लाईफ ईन्स्योरेन्सले बाढि पिडितहरुलाई राहत वितरण गरेका छन । सप्तरीको कोइलाडि गाँउपालिका वडा नं ५ मा चार सय ५० जना घर परिवारलाई राहत स्वरुप चामल, दाल, नुन, गेडागुडि, चिउरा आदि वितरण गरेको हो ।
राहत वितरण कार्यक्रमा राजविराज शाखाका शाखा प्रमुख राजेन्द्र प्रसाद यादवको संयोजकत्व रहेर शाखा कार्यालयका कर्मचारीहरु लगायत अन्य शाखाका प्रमुखहरु तथा अभिकर्ताहरुको टोली एवंम प्रहरी प्रशासनका कर्मचारीहरु राहत सामाग्री पिडितहरुको घर आगनमै पुगी वितरण गरिएको हो । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत उक्त राहत वितरण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।