बीमा न्युज,
भदौ २३, काठमाडौं÷ नेपाल स्टक एक्चेन्जमा रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि पाँच जनाको नाम अर्थ मन्त्रालयले छनोट गरेको छ । उनीहरुलाई मन्त्रालयले आफ्नो व्यवसायिक कार्य योजना प्रस्तुत गर्न आह्वान गरेको छ । छनोट भएकाहरुले व्यावसायिक कार्य योजनाको प्रस्तुत र अन्तर्वार्ता दिनुपर्नेछ ।
नेप्सेमा सिइओ सिफारिसका लागि अर्थ मन्त्रालयले गठन गरेको समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक, मनोजकुमार ज्ञवाली र यसअघिका सिइओ सीताराम थपलियालाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरेको हो । १३ जनाको आवेदन परेकामा पाँच जनालाई सर्ट लिस्टमा पारिएको हो ।
अहिले छनोट भएका पाँच जना मध्येवाट आफ्नो व्यावसायिक कार्य योजना पेस गरेपछि तीन जना छानिनेछन् ।