बीमा न्युज
भाद्र २५, काठमाडौँ ।
जीवन बीमा कम्पनीको ग्राहक बृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन् । जीवन बीमा कम्पनीलाई मानिसहरुको पहुँचमा पु¥याउन र बीमा पोलिसीहरु बिक्रि गर्न बीमा अभिकर्ताको मुख्य भूमिका रहेको हुन्छ । बीमा कम्पनीको व्यवसाय विस्तारको प्रमुख साधनको रुपमा परिचित बीमा अभिकर्ताले आफुलाई सधै अब्बल सावित गर्नुपर्ने हुन्छ । तसर्थ सफल अभिकर्ता बन्नको लागि अध्ययन पनि उत्तिकै जरुरी हुन्छ । यहाँ सफल अभिकर्ता बन्नको लागि सहयोगी ठहरिएका केही पुस्तकहरुको नाम उल्लेख गरिएको छ ।
१.द साईकोलोजी अफ सेलिगं (The Psychology of Selling)
ब्रायन ट्रेसिद्धारा लिखित यो पुस्तक जीवन बीमा अभिकर्ताका लागि महत्वपूर्ण पुस्तक हो ।

जीवन बीमा बिक्रिको काम भएकाले अभिकर्ताले बीमा पोलिसी बिक्रि गर्नुभन्दा पहिले बीक्रिको मनोविज्ञान जान्नको लागि यो पुस्तक सहयोगी हुन्छ । यो पुस्तकमा बिक्रेताले कुनै पनि उत्पादन बिक्रि गर्दा कस्तो मनोविज्ञान निर्माण गर्नुपर्छ भन्ने विषयमा निकै विस्तारका साथ वर्णन गरिएको छ । यदि तपाई पनि जीवन बीमा अभिकर्ता हो भने तपाईका लागि यो पुस्तक उपयोगी छ ।
२.टकिङ्ग टु स्ट्रेन्र्जस (Talking to Strangers: The Adventures of a Life Insurance )

यो पुस्तक जीवन बीमा अभिकर्ता पिटर रोश्न गार्डद्धारा लिखित संस्मरण हो । उनले जीवन बीमा अभिकर्ता हुँदा भोगेका रोचक अनुभूतिहरुको संकलन रहेको यो पुस्तक अभिकर्ताका लागि उत्प्रेरक सावित हुन सक्छ । पुस्तकका प्रत्येक अध्याय “कसरी” भन्ने प्रश्नबाट सुरु हुन्छन र तपाईलाई त्यसको गहन जवाफ पनि दिन्छन् ।
पुस्तकमा उनले दिनभर बीमा पोलिसी बेच्को लागि ग्राहकको ढोका कुर्नु परेको देखि हाकीम संग रातभर शहर डुल्नु परेको अनुभवहरु उल्लेख गरेका छन् । जुन प्रत्येक अभिकर्ताका लागि प्रेरणादायी हुन सक्छन् ।
३.थिङ्क एण्ड ग्रो रिच ( Think and Grow Rich

नेपोलियन हिलद्धारा लिखित यो पुस्तकमा बीमा वा बिक्रिको बारेमा प्रत्यक्ष रुपमा केही नलेखिएको भए पनि यो पुस्तकले तपाईलाई सधै सकारात्मक रहने प्रेरणा दिन सक्छ । पुस्तकले तपाईको सोचाईको तौर तरिकाले आर्थिक तथा व्यवसायीक जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरा व्यक्त गर्न सक्छ । त्सकारण सोचाईमा परिवर्तत ल्याउँदै सफल तथा सन्तुष्ट अभिकर्ता बन्न चाहाना राख्नेका लागि यो पुस्तक उत्कृष्ट सावित हुन सक्छ ।

४.द म्याजिक अफ थिकिङ्क बिग (The Magic of Thinking Big)
डेभिड श्वटेर्जले लेखेको यो किताब विश्वभरका सफल बीमा अभिकर्ताको झोलामा सदा रहने बताईन्छ । दशकौँ पहिले लेखिएको भए पनि यो पुस्तकले तपाईको बिक्रि बढाउन, कार्य व्वस्थापन गर्न, धेरै आम्दानी गर्न र आफुमा रहेको डर कम गदै सफल व्यवसायी बन्न सहयोगी सावित हुने धेरै बीमा अभिकर्ताले बताईसकेका छन् ।
किताबमा उल्लेख गरिएको छ, “तपाइको सफलताको आकार तपाईको विश्वासको आकारले निर्धारण गर्छ।”
५.पावर पोजिसन योर एजेन्सि (Power Position Your Agency)
ट्राय कोरगेसनले यो पुस्तकलाई ९० को दशकको उत्तरार्धमा प्रकाशित गराएका थिए । पुस्तकमा जीवन बीमा र स्वाथ्य बीमा पोलिसीको सहायतामा कसरी आफ्नो प्रभूत्व जमाउन सकिन्छ भन्ने विषयमा वर्णन गरिएको छ ।

बताईन्छ यो पुस्तकले तपाईलाई तपाईकै आफ्नो व्यवसायको महत्वको बारेमा तेस्रो दृष्टि प्रदान गर्न सक्छ ।
६.लाईफ इन्स्योरेन्स कोइशन एण्ड एन्सर(Questions and Answers on Life Insurance)
एन्थनी स्टियर द्धारा लिखित यो पुस्तकको धेरै बीमा अभिकर्ताहरु पढ्न छुटाउँछन् । पुस्तकले प्रथम त बीमा अभिकर्ताको संभावनामाथि गहन रुपमा विश्लेषण गरेको छ ।

त्यसो त यो पुस्तक अभिकर्ताको लागि भन्दा ग्राहकको लागि लेखिएको हो त्यसकारण पनि यो पुस्तकमा ग्राहक के चाहान्छन् र कसरी चाहान्छन भन्ने कुरा प्रष्ट पारिएको छ । यसले अभिकर्तालाई त अवश्य फाइदा नै गर्ने भयो ।
७.न्यु लाईफ इन्स्योरेन्स इन्भेष्टमेन्ट एडभाईजर (The New Life Insurance Investment Advisor)
बेन बाल्डवीन द्धारा लिखित यो पुस्तक ग्राहकको मनोविज्ञान बुझ्न र बीमा अभिकर्ताले कसरी तात्कालिक निर्णय गर्नुपर्छ भन्ने विषयमा केन्द्रत रहेर लेखिएको छ ।

जीवन बीमाको आवश्यकता ग्राहकलाई कसरी महशुस गराउन सकिन्छ भन्ने थाह पाउनाका लागि यो पुस्तक पढ्नुहोस् ।
८.सिक्रेट अफ सक्सेसफुल इन्स्योरेन्स सेल्स (Secrets of Successful Insurance Sales)
ज्याक किन्डर र ग्यारी किन्डरले लेखेको यो पुस्तक नेपोलियन हिलको द साईन्स फ सक्सेसफुल इन्स्योरेन्स सेलिगसंग मिल्दो जुल्दो छ ।

यो पुस्तकमा बिक्रिका खतरनाक सुत्रहरु नभए पनि तपाई हामीले सधै लापरवाही गर्दै आएका स-साना कुराहरलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । बिक्रेतामा हुनु पर्ने आत्म विश्वास, र सकारात्मक मानसिक उर्जाले अभिकर्ताको व्यवसायमा कस्तो असर पार्छ जान्नको लागि यो पुस्तक पढ्नुहोस् ।
९. द वेज हाउ टु स्टप सेलिगं एन्ड स्टार्ट विनिगं (The Wedge: How to Stop Selling and Start Winning)
रेन्डी श्चवान्टज ले लेखेको यो पुस्तक यो पुस्तकले तपाईलाई चलिरहेका प्रतिस्प्रर्धात्मक बजार भन्दा पर गएर कसरी विजेता बन्न सकिन्छ भन्ने कुरा बताउँछ ।

धेरै बिक्रि भन्दा थोरै जित नै महत्वपूण हो भन्ने यो पुस्तक तपाईका ग्राहको मन जीत्नको लागि उपयुक्त हुन सक्छ ।
१०.गो फर नो ! एस इज द डेस्टिनेशन, नो इज हाउ यु गेट देयर (Go for No! Yes is the Destination, No is How You Get There)
रिर्चड फेन्टनले लेखेको यो पुस्तकले तपाईलाई जति धेरै मात्रामा नो प्राप्त हुन्छन् त्यति नै मात्रामा यस प्राप्त हुन्छन् भन्ने दर्शन सिकाउन सक्छ । करिब ८० पेजको यो पुस्तक बीमा अभिकर्ताका लागि एक उत्कृष्ट किताब हो ।

यो पनि पढ्नुहोस