Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा ८१.२५ अंकले बढ्यो

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार १५:४७

Beema News

बीमा न्युज,
भदौ २६, काठमाडौं÷ सोमबार नेप्सेमा सामान्य सुधार आएको छ । बाणिन्य बैक, फाईन्नस र अन्य समुह बाहेक सबैमा सामान्य सुधार देखिएको हो ।

सोमबार नेप्सेमा बीमा समुहको सबै भन्दा धेरै ८१ दशमलब २५ अंकले सुधार आएको छ । बीमामा ८१ दुशमलब २५ अंकले सुधार आउदा आठ हजार चार सय ४२ विन्दुमा रोकिएको छ । शुन्य दशमलब ९७ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहको कारोबार भने १२ करोड ८२ लाख ५२ हजार मात्रै भएको छ ।

सोमबार नेप्से शुन्य दशमलब २४ प्रतिशत अंकले परिवर्तन भएर १५ सय २३ दशमलब २६ विन्दुमा रोकिएको छ । तीन दशमलब ६० अंकले बढेको नेप्सेमा ८४ करोड बराबरको कारोबार भएको छ ।

सोमबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा नेपाल लाइफ मात्र रहेको छ । जसको तीन करोड १० लाख बराबरको कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफको मात्रै दुई सय ९४ पटक कारोबार भएको छ । त्यस्तै सोमबार धेरै कमाउने र धेरै गुमाउनेमा कुनै पनि बीमा कम्पनी परेका छैनन् ।

सोमबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६० कम्पनीका १७ लाख १७ हजार एक सय ३९ कित्ता शेयरहरु सात हजार सात सय ७७ वटा कारोबारबाट ८३ करोड १३ लाख ३४ हजार तीन सय ८९ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....