Nepal Life Insurance

म पोलिसी हैन आईडिया सेल गर्छु : अञ्जन भण्डारी, बीमा अभिकर्ता

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार १३:४७

सागर चन्द

२७ बर्षिया अन्जन भण्डारी एलआईसि नेपालमा अभिकर्ताको रुपमा विगत १० बर्ष देखी कार्यरत छन् । भण्डारी एलआईसि कर्पोरेसनमा सबैभन्दा धेरै पोलिसी बिक्रि गर्ने अभिकर्ताको सूचिमा पहिलो नम्बरमा आउँछन् । विभिन्न अवार्डबाट सम्मानित भइसकेका भण्डारी हाल अभिकर्ता पेसालाई पूर्णकालिन पेसाको रुपमा अपनाईरहेका छन् । अध्ययन खर्च जुटाउनको लागि अभिकर्ता बनेको बताउने भण्डारीसंग बीमा न्युजका सम्पादक लभेश प्याकुरेलले गरेको संवादको सम्पादित अंश ।

 

एलआईसि संञ्चालित २२ देशका अभिकर्ता मध्ये तपाई सबैभन्दा धेरै संख्यामा बीमा पोलिसी बिक्रि गर्ने अभिकर्ता भनेर परिचित हुनुहुन्छ कत्तिको गाहे छ बीमा पोलिसी बिक्रि गर्न ?

इन्सुरेन्स प्रोडक्ट सेल गर्नु संसारभर नै डिफिकल्ट जब मानिन्छ । हामी अभिकर्ताले पर्टिकुलर बस्तु बेच्नु भन्दा पनि कागज बेच्ने हो त्यसकारण कागज बेच्न त निश्चय नै सजिलो छैन ।

नेपालमा अझै पनि बीमा गर्नुपर्छ भन्ने चेतनाको पनि विकास नभईसकेको र इनकम पनि थोरै भएको देशमा इन्सुरेन्स प्रोडक्ट बेच्न कत्तिको कठिन छ ?

इन्सुरेन्स भनेपछि पैसाको कुरा आईहाल्छ ।

आर्थिक रुपमा समपन्न नभएपछि बीमा किन किन्ने भन्ने हुन्छ । डेपल्भीगं  प्रोसेसमा रहेकाले पनि मानिसहरु आफ्नो पैसा बीमा भन्दा अन्य क्षेत्रमा लगाउन चाहान्छन । अब यस्तो अवस्थामा आम मानिसलाई बीमा पोलिसी बिक्रि गर्न डिफिकल्ट नै हुन्छ, तर यसो भनेर  काम नगर्ने भन्ने पनि हुँदैन् ।

यति असहज हुँदा हुँदै पनि एल आई सि जस्तो बिग कम्पनीको नम्बर एक अभिकर्ता कसरी भइन्छ ?

मैले जस्तै इन्सेरेन्स पोलिसी बिक्रि गर्ने ४ लाख अभिकर्ता नेपालमा छन् । तर यो पेसामा ४ सय जति मात्रै इफेकटिभ  रुपमा काम गर्दछन । जहाँसम्म मेरो सफलताको कुरा छ, म ग्राहकलाई सिधै पोलिसी बेच्ने गर्दिन । म मेरा संभावित ग्राहकहरुलाई आईडिया बेच्ने गर्छु । आईडिया सेल गरेकै कारण म सफल भएको हुनुपर्छ । मैले एलआईसिको पोलिसीलाई आफ्नो आईडिया मिसायर बेच्ने गर्छु ।

धेरै पोलिसी बिक्री गर्दा तपाईको आम्दानी पनि धेरै नै हुन्छ होला, यति धेरै आम्दानी गर्न कति खर्च गर्नुहुन्छ ? कार्यालय व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हरेक पेसामा आम्दानी अनुसारको खर्च पनि हुन्छ । सामान्य रुपमा अभिकर्ताको आफ्नै कार्यालय कमै हुन्छ, त्यस्तै कार्यालय हुने अभिकर्ता मध्ये म पनि एक हु । कार्यालय, कर्मचारी, सवारी साधन, ट्राभल, कन्फ्रेन्स, कर लगायतका कुराहरुमा धेरै खर्च हुने हो ।

नियमीत रुपमा कति कर तिर्नुहुन्छ ?

हेर्नुहोस एलआईसि नेपालका सम्पूर्ण कर्मचारीको तलब र मैले पोलिसी सेल गरेर प्राप्त गर्नेे कमसिन लगभग बराबरी हुन आउँछ । त्यही भएर करिब १ करोड रुपैयाँ बार्षिक रुपमा कर तिर्दै आएको छु । जसको लागि म संग चार्टड एकाउण्टेन्ट पनि छन् ।

बार्षीक रुपमा कति रकम बराबरको पोलिसी बिक्रि गरिरहनु भएको छ ?

मैले एभरेजमा बार्षिक १ सय पोलिसी सेल गर्छु जसको समष्टिगत रकम २ सय करोड हाराहारी पुग्छ । र यसको लागि म कर्पोरेट हाउसहरुमा जाने गर्छु, मैले अघि नै भने मैले आईडिया सेल गर्ने हो । पोलिसी त सबैले सेल गर्छन नी हैन र ?

हाईयस्ट बिजनेस जेनरेटिगं एजेण्टको रुपमा स्थापित हुन कति समय लाग्यो ?

म सन् २००७ देखी अभिकर्ता पेसामा आबद्ध छु । गएका ४ बर्ष यता मात्रै म टप -याकिङ्गमा छु । बीचमा मैले अन्य काम पनि गरेको हुँ तर ति काममा म सफल भईन । मलाई लाग्छ, म यो काममा सफल हुनुका पछाडी मेरो नेचर र एटिच्युुडले पनि मलाई साथ दिएको हो की ?

बार्षिक यति धेरै संख्यामा पोलिसी सेल गर्नको लागि कस्तो योजना बनाउनु हुन्छ ?

मैले यसको लागि आफुलाई एज अ सिंगल अभिकर्ताको रुपमा भन्दा पनि अभिकर्ताको कम्पनीको रुपमा संञ्चालन गर्छु । हामीसंग ७ वटा डिर्पाटमेण्ट छन् । जसमा प्रिमिय संकलन गर्ने, दाबी भूक्तानीका लागि कार्य गर्ने, ग्राहक सेवा र ग्राहकलाई लोन दिने सुविधा सम्म प्रदान गर्छौ । मैले गर्ने भनेको ति डिर्पाटमेण्टको नियमन र नयाँ आईडिया जेनरेट गर्ने हो ।

योजनाको कुरा गर्दा हामी समानान्तर रुपमा ३ वटा जति योजना बनाउँछौ । जसले हामीलाई असफल हुन बाट रोक्छ । अब अहिले ९ वटा नयाँ कम्पनी आएका छन्, त्यसको लागि पनि हामीसंग योजना छ । धेरै बर्ष देखी नयाँ कम्पनी नाआएकाले पनि यहाँ धेरै अवसर छन् तर यसले प्रतिस्प्रर्धामा निकै बृद्धि हुने छ । नयाँ योजना बनाउन र आईडियाहरु सेयर तथा जेनरेट गर्नकै लागि मैले ४० देशको भ्रमण गरिसकेको छु । जहाँ विभिन्न विचार र समुदायका अभिकर्तासंग छलफल गरेको छु ।

धेरै जसो मानिसले यो पेसालाई पार्ट टाईम जबको रुपमा लिन्छन् के यो पार्ट टाईम जब हो ?

यो पेसालाई यसरी पार्ट टाईमको रुपमा लिदाँ नै यो पेसा मर्यादित नठानिएको हो । यहाँ बर्ष भरि एउटा पनि पोलिसी सेल नगर्ने पनि एजेण्ट नै हुन्, बेला मौकामा पोलिसी बेच्ने पनि एजेण्ट नै हुन् र म जस्ता फुल टाईमर पनि एजेण्ट नै हुन् । अब एजेण्टलाई कुन क्याटागोरिमा राख्ने भन्ने मात्रै हो । तर यो पेसालाई पार्ट टाईमको रुपमा लिदाँ ग्राहकहरुमा राम्रो मेसेज जाँदैन र ग्राहकहरु पनि सन्तुष्ट हुँदैनन् । यदि एक जाना एजेण्टले गर्दा बजारमा नराम्रो मेसेज गयो भने त्यसले १० जाना ग्राहकहरु टाढिन्छन् तर १ जनाले राम्रो मेसेज दियो भने २ जना नयाँ ग्राहक थपिन्छन् । यो पेसालाई पार्ट टाईम जबको रुपमा लिनुलाई म राम्रो मान्दिन् । भनिहाँले नि यो पेसा पार्ट टाईम जब हुँदै होइन् ।

एजेण्टलाई सरकारी निति तथा कम्पनीले अनुसरण गरेका नितिले कस्तो असर गरेको छ् ?

नेपालमा आवश्यक मात्रामा पोलिसीहरु अझै पनि आईसकेका छैनन् । र अर्को कुरा आम सर्वसाधारण पनि त्यति शिक्षित छैनन् हामी आफै विकासको चरणमा छौ । त्यसमाथि बीमा क्षेत्रमा विज्ञ मानिसको अभाव हाम्रो उद्योगमा छदैँ छ । अब भर्खरै आएका ९ वटा कम्पनीमा पनि म्यान पावर एक कम्पनीबाट अर्को कम्पनीमा तानातानको अवस्था छ । नियमन गर्ने निकाय देखी कम्पनी र अभिकर्ता सम्म सबैलाई बीमा उद्योगको गहन ज्ञान छैन् । यदि पोलिसी सेलिगंको इतिहास नै हेर्ने हो भने पनि १५ बर्ष यता मात्रै हामी जनमानसमा पुग्न सकेका छौ । यी सबै कुराको असर अभिकर्तामा प्रत्यक्ष रुपमा परेको छ ।

ठूलो पूँजी सहित नयाँ कम्पनी आएका छन् यसले बीमा कम्पनी बिचको संभावित च्यालेञ्ज कस्तो  देख्नुहुन्छ ?

यहाँ हामीले के बुझ्न जरुरी छ भने बैकंले ब्याज दिने हो, बीमा कम्पनीले बोनस दिने हो । बोनस भनेको कम्पनीले कमाएको नाफाबाट दिने हो । नयाँ कम्पनीले सुरुवाती चरणमा बोनस दिन सहज पक्कै छैन् । आज राम्रो नाफा कमाएको कम्पनीले राम्रै नाफा दिइरहेका छन् । बीमा कम्पनीले राम्रो बोनस र दाबी भुक्तानी पनि छिटो छरितो दिन सकेमा राम्रो व्यापार गर्न सक्छन् । मलाई लाग्छ नयाँ कम्पनीहरु यहीनेर चुक्न सक्छन् । ग्राहकलाई चाहिएको पनि धेरै बोनस र छिटो दाबी भुक्तानी हो । कम्पनीलाई सर्भाइभ गर्न त्यति इजि भने छैन् । यहाँनिर बीमा अभिकर्ता पनि सक्रिय हुन जरुरी छ, हामी कहाँ धेरैजसो अभिकर्ताहरु ग्राहक सेवामा केन्द्रित छैनन् । उनिहरुलाई पनि सक्रिय बनाउन जरुरी छ । आज म प्रत्येक ग्राहकको डोर टु डोर सर्भिस गर्छु । एलआईसिको कुरा गर्नुहुन्छ भने यो वल्र्डकै नम्बर १ कम्पनी हो दाबी भुक्तानीका लागि ।

तपाईसंग अन्र्तराष्ट्रिय अनुभव पनि छ, भारतका बीमा अभिकर्ताको पहुँच कति छ ? अपरेशनमा उनिहरुका सहजता के हुन र चुनौती के हुन ?

सिक्ने भनेको हामीले हामीभन्दा विकसीत मुलुकबाट नै हो । भारतको बीमा बजार ठूलो छ, र उनिहरुसंग बीमा व्यवसायको इतिहास पनि लामो छ । अनि अर्को कुरा उनिहरुकहाँ बीमा क्षेत्रमा विज्ञ मानिस पनि धेरै छन् जसले गर्दा उनिहरुलाई तुलनात्मक रुपमा सहज छ । त्यति धेरै जनसंख्या भएको भारतमा २४ वटा जीवन बीमा कम्पनीहरु छन् । जहाँ अझै पनि केही कम्पनीलाई त सर्भाइभ गर्नै नै धौ धौ छ, यो देखिरहँदा हामीले नयाँ कम्पनी संञ्चालन गरेर जोखिम मोलेका छौ ।

नयाँ कम्पनी थपिदा अभिकर्ताको संख्या पनि बढ्छ, के गर्नुपर्छ अब अभिकर्ताले ?

मलाई लाग्छ जसले आम्दानी गर्छ ति सबैलाई बीमा आवश्यक छ । मेरो लागि सबै आम्दानी गर्नेहरु ग्राहक हुन् । त्यसकारण यो पेसामा आउनको लागि योजना सहित आउनु होस् । हाम्रो पहिलो धर्म कम्पनीको बारेमा पूर्ण जानकारी लिने र त्यही अनुरुप ग्राहकलाई पोलिसी बेच्नु हो । म आफै पनि बिग हाउससंग जोडिएको भएकाले, बिग हाउसहरुले जहिले पनि प्रोफेसनल मान्छे खोज्छन् । प्रोफेसनल हुनुहोस, सफल हुने आधार धेरै छन् ।

तपाईको अबको ५ बर्षको योजना ?

प्रत्येक बर्ष ५० प्रतिशतले बिजनेस बृद्धि गर्ने । तपाईलाई बताईदिउ मैले कुनै समय थाउजेन्टस् टाईम बिजनेस ग्रोथ गरेको छु ।

 

यो पेसाको तितो अनुभव ?

सुरुवाति समयमा बीमा अभिकर्ता भन्दा धेरै मानिसले नराम्रो दृष्टिले हेर्थे, कमिसनको लागि काम गर्ने भनेर हेप्ने गर्थे ।

यो पेसामा तपाईले भोगेको उत्कृष्ट क्षण/अनुभव ?

आफ्नै कम्पनीको डाइरेक्टरको इन्सुरेन्स गर्न पाउनु ।

 

 

 

समाचार

सबै

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....

लुक्लामा डरलाग्दो हवाई दुर्घटना, तीनको मृत्यु, अर्बभन्दा बढि क्षति

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेपाली आकाशका लागि कालो दिन सावित भयो । विहानै लुक्लामा डरलाग्दो हवाई.....

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

काठमाडौं । निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर.....

आईएमई जनरलको विद्यार्थी बीमा योजना, अभिभावकसहितको जोखिम वहन

बीमा न्यूज/काठमाडौं । निर्जिवन बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्सले बुधबार देखि विद्यार्थी बीमा योजना.....