बीमा न्युज,
भदौ २८, काठमाडौं÷ गत आर्थिक बर्ष २०७३÷७४ मा ५ हजार भन्दा बढी कृषकले चैते धान बालीको बीमा गराएका छन् । बीमा समितिमा प्राप्त भएको तथ्यांक अनुसार उक्त अवधिमा २८ जिल्लाका कृषकहरुहरुले ३ हजार २ सय १६ हेक्टर क्षेत्रफलमा लगाएको धानको बीमा भएको हो ।
कृषि विभाग अन्र्तगतको बाली विकास निर्देशनालयको नेतृत्वमा ३५ जिल्लामा चैते धान बालीलाई अनिवार्य गरिएको थियो । तर उक्त अवधिमा ७ वटा जिल्लामा एउटा पनि बीमालेख जारी भएन । त्यस्तै नौ जिल्लामा भने निर्देशनालयले लिएको लक्ष्य अनुसार बीमालेख जारी भयो । बाकी जिल्लामा भने आंशिक रुपमा बीमालेख जारी भएको छ । निर्देशनालयले उक्त जिल्लाको ६ हजार ९ सय हेक्टर क्षेत्रफलमा लगाईएको धानको बीमा गर्ने लक्ष्य लिएको थियो ।
निर्देशनालयका अनुसार पाँचथर, सिन्धुपाल्चोक, धादिङ्ग, सप्तरी, धनकुटा, बारा, दाङ, पर्सा र नुवाकोट जिल्लामा शतप्रतिशत बीमा भएको छ । त्यस्तै, खोटाङ्ग, सिराहा, चितवन, महोत्तरी, प्यूठान, संखुवासभा तथा अर्घाखाचीमा भने कुनै पनि बीमालेख जारी भएन ।
समितिमा प्राप्त भएको तथ्यांक अनुसार चैते धान बाली बीमामा सबैभन्दा बढी बर्दियाका कृषकहरु सहभागी भएका छन् । उक्त जिल्लाका ५७६ कृषकहरुले बालीको बीमा गराएका छन् ।
त्यस्तै, झापा जिल्लाका ५०४ कृषकहरु बीमामा सहभागी भएका छन् भने बाराका ४९५ कृषकहरु सहभागी भएका छन् । बीमा भएको क्षेत्रफललाई आधार बनाउने हो भने झापा जिल्ला सबैभन्दा अग्रपंक्तीमा देखिएको छ । उक्त जिल्लामा ३७१ हेक्टर क्षेत्रफलमा लगाईएको बालीको बीमा भएको छ । निर्देशनालयले उक्त क्षेत्रमा सात सय हेक्टर क्षेत्रफल जमिनमा लगाईएको बालीको बीमा गर्ने लक्ष्य लिएको थियो । त्यस्तै बारा र पर्सामा ३÷३ सय हेक्टर जमिनमा लगाईएको बालीको बीमा भएको छ ।
तथ्यांक अनुसार निर्देशनालयको लक्ष्य अनुसार ८० प्रतिशत स्थानमा चैत धान बालीको बीमा गर्न सम्भव भएको छ भने ४६ प्रतिशत क्षेफलमा लगाईएको बालीको बीमा गरिएको छ । तर, कम्पनीहरुमा बीमाको दाबी भने खासै नपरेको समितिले जनाएको छ ।
चैते धान बाली बिमाको विवरण