बीमा न्युज,
भदौ २८, काठमाडौ÷सूर्या लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई अघिल्लो आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ । कम्पनीको नवौ बार्षिक साधारणसभाले १० प्रतिशत बोनस पछि कायम पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले कर प्रयोजनको लागि ३४ लाख ५३ हजार नगद लाभाँस वितरण पनि गर्ने भएको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी ६५ करोड ६२ लाख ५० हजार रुपैंया छ । बोनस पश्चात चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैंया पुग्नेछ । ४० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब एक करोड छ लाख २५ हजार रुपैंया पुग्नेछ ।