बीमा न्युज,
भदौ २८, काठमाडौं÷ बुधबार पनि नेप्सेमा गिरावट देखिएको छ । तर बीमा समुहमा भने आठ दशमलब ९१ अंकको सामान्य सुधार आएको छ ।
नेप्सेमा गिरावट देखिएपनि बीमा समुह भने बुधबार आठ दशमलब ९१ अंकले बढेको छ । शुन्य दशमलब ११ प्रतिशत अंकको सुधार आउदा आठ हजार दुई सय ६६ दशमलब ७५ विन्दुमा रोकिएको हो । बुधबार बीमा समुहको कारोबार भने १६ करोड नौ लाख ५१ हजार भएको छ ।
बुधबार नेप्से नौ अंकले घट्दा १४ सय ९३ दशलमब २० विन्दुमा झरेको छ । शुन्य दशमलब ६० प्रतिशत अंकको परिवर्तन हुदा नेप्सेमा कारोबार भने ६३ करोड बराबरको मात्रै भएको छ । बुधबार होटल, जलविद्युत, बीमा र वित्त क्षेत्रको मूल्य बढेको छ भने बैंक, विकास बैंक र उत्पादनमुलक क्षेत्रको घटेको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा छ कम्पनी पर्न सफल भएका छन् । दुई करोड १९ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको तेस्रो स्थान रहेको छ । एशियन लाइफ (प्रामोटर)को पनि दुई करोड बराबरको कारोबार भएको छ । यस्तै प्राइम लाइफ, प्रभु लाइफ, नेको र प्रिमियरको पनि एक करोड बराबरको कारोबार भएर धेरै कारोबार गर्ने सुचिमा पर्न सफल भएको छ ।
बुधबार नेपाल लाइफको दुई सय ४९ र नेकोको एक सय ३४ पटक कारोबार भएको छ । त्यस्तै धेरै कमाउनेमा शिदार्थ इन्स्योरेन्स र धेरै गुमाउनेमा गुराँस लाइफ रहेका छन् ।
बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६० कम्पनीका १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता शेयरहरु छ हजार तीन सय ६३ वटा कारोबारबाट ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैँयामा किनबेच भएका छन् ।