कमटेक मेला असोज १ गतेसम्म संञ्चालन हुने
भाद्र २९, काठमाडौँ ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले सुबिसु क्यान कमटेको दोस्रो संस्करण संञ्चालन गरेको छ । आजै (भाद्र २९)बाट संञ्चालन भएको कमटेक मेला असोज १ गते सम्म चल्ने छ । ११ बजे नेपाल पर्यटन बोर्डको हलमा संञ्चार मन्त्री मोहन बहादुर बस्नेतले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा सूचना प्रविधी तथा संञ्चार क्षेत्रका विभिन्न ८७ वटा स्टलहरु रहनेछन् ।
कमटेक मेलामा ईन्टरनेट सेवा प्रदायक कम्पनी, कम्युनिकेशन सेवा प्रदायक कम्पनी, पावर सोलुसन, मोबाईल फोन, विद्युतिय सामाग्री प्रदायक कम्पनी, हार्डवेयर तथा सफ्टवेर निर्माता कम्पनी लगायतका सेवा लिन पाईने छ ।
कमटेकम मेलाका आवलोकनकलाई सहज हो भनि क्यानले अनलाईन टिकेटिगंको पनि व्यवस्था गरेको छ । ई सेवाले अनलाईन टिकेट प्रदान गर्ने छ । यसका साथै मेलामा विद्यार्थीका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिएको छ । सर्वसाधारणको लागि ५० रुपैयाँ ताकेकिएको टिकेटमा विद्यार्थीले भने २५ रुपैयाँ मात्रै तिरे पुग्छ ।
सुबिसु क्यान कमटेक २०१७को सम्पूर्ण जानकारीका लागि बीमा न्युज क्लिक गर्दै गर्नुहोस ।