भाद्र २९, काठमाडौँ ।
सुबिसु क्यान कमटेक २०१७को औपचारिक उद्घाटन भएको छ । उद्घाटन् समारोहमा बोल्दै सूचना तथा संञ्चार मन्त्री मोहन बहादुर बस्नेतले सरकारले सूचना प्रविधी क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सूचना प्रविधिको विकास र विस्तारका लागि यस्ता मेलाहरु सहयोगी हुने बताउँदै सूचना प्रविधिमा आम सर्वसाधरणको पनि पहुँच पुग्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
भाद्र २९ गतेबाट सुरु भएको सुबिसु क्यान कमटेक मेला असोज १ गते सम्म संञ्चालन हुने कम्प्युटर एशोशिएसन अफ नेपाल महासंघ(क्यान)ले जानकारी दिएको छ । सूचना प्रविधिमा सर्वसाधारणको पहुँच बृद्धि गर्दै सूचना प्रविधिका नयाँ नयाँ उत्पादनहरु सर्वसाधारणलाई अपडेट गराउने उदेश्य साथ मेलाको आयोजना गरिएको क्यानले बताएको छ ।
सफ्टवेर, इन्टरनेट सेवा प्रदायक, आईटी, मोबाईल सेवा लगायत विभिन्न प्रविधिका ८७ वटा स्टलहरु मेलामा रहेका छन् । मेलाको पहिलो दिन अवलोकनकर्ताहरुको संख्या उत्साहजनक रकेको क्यानले बताएको छ । मेला अवलोकनकर्ताहरुको संख्या अझै बढ्न सक्ने विश्वास क्यानले व्यक्त गरेको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई ५० रुपैयाँको टिकट तोकिएको छ भने विद्यार्थीहरुका लगि भने २५ रुपैयाँ तोकिएको छ ।