असोज २, काठमाडौँ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ जिल्लामा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । कम्पनीले गोरखाको गोरखा बजार र स्याङ्गजाको वालिङ्गमा नयाँ एक्सटेन्सन काउन्टर स्थापना गरेको हो । कम्पनीले नयाँ कार्यालय विस्तार गर्ने योजना अन्र्तगत यी स्थानहरुमा काउन्टर स्थापना गरेको बताएको छ । गोरखाको काउन्टर भाद्र २८ गतेदेखी संञ्चालनमा आएको छ भने स्याङ्गजाको काउन्टर भाद्र ३० गतेबाट संञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ । काउन्टर उद्घाटन कार्यक्रमा बोल्दै कम्पनीका प्रमूख कार्यकारी अधिकृत शंकरप्रसाद दाहलले जीवन बीमाको सेवा देशभर सबै वर्गका जनताको पहुँच पुग्ने गरी सेवा विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको बताउनुभयो ।