असोज २, काठमाडौँ ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको रुकुम शाखाले १ सय जना नयाँ एजेण्ट(अभिकर्ता)लाई तालिम प्रदान गरेको छ । कम्पनीका रुकुम शाखा म्यानेजर टंक हमालले थप नयाँ एजेण्टलाई तालिम प्रदान गरेसंगै रुकुममा ६ सय जना एजेण्ट भएको जानकारी दिनुभयो । यसका साथै रुकुममै असोज १ गते कम्पनीले मध्य पश्चिमाञ्चल स्तरिय क्षेत्रिय अभिकर्ता पुर्नताजगी कार्यक्रम समेत गरेको छ । १ सय ५० भन्दा बढि अभिकर्ता सामेल कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रबन्धक रामचन्द्र तिवारीले अभिकर्तालाई उनिहरुको पारिश्रमीक र बीमा योजनाका बारेमा बताउनुभएको थियो । कम्पनीको रुकुम शाखाले गत आर्थिक बर्षमा साढे ६ सय जनाको बीमा गराउँदा ११ वटा दाबी भुक्तानी गरेको बताएको छ ।
२० लाख भन्दा धेरै जनसंख्या रहेको रुकुममा अझै पनि बीमा गराउनु पर्छ भन्ने चेतानको विकास नभएकाले मानिसहरु बीमा गराउन अझै पनि इच्छुक नभएको हमालले बताउनु भयो । “स्थानियले बीमा एजेण्टलाई पनि नेटवर्कीगं व्यापार जस्तै ठान्ने भएकाले बीमा गर्नेको संख्यामा बृद्धि हुन सकिरहेको छैन् ।” हमालले भन्नुभयो । उहाँका अनुसार शिक्षकहरु समाजमा धेरै घुलमिल हुने भएकाले जिल्लामा अभिकर्ताको रुपमा शिक्षक नै सक्रिय हुन्छन् ।

सर्वसाधारणमा अझै पनि बीमाको पहुँच नपुगेको स्विकार गर्दै हमाल भन्नुहुन्छ “बीमा गराउनेहरुमा धेरैजसो कर्मचारी नै छन्, त्यसमाथि अभिकर्ताले आफ्ना नातेदार र आफन्तलाई नै पहिलो ग्राहक बनाउँछन् ।” सर्वसाधरणमा बीमाको चेतना विकासका तथा बृद्धिका लागि रुकुम शाखाले बार्षिक ५ देखी ७ वटा अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने गरेको समेत हामालले जानकारी दिनुभयो । अझै पनि जिल्लाका सबै भेगमा बीमाको पहुँच नपुगेको बताउँदै हामालले अब बीमा अभिकर्तालाई जिल्लाभरी परिचालन गर्ने बताउनुभयो । रुकुम शाखाले फस्र्ट पेमेण्ट अन्र्तगत १ करोड ३१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यो पनि पढ्नुहोस