बीमा न्युज,
असोज २, काठमाडौं । साताको पहिलो दिन आइतबार सामान्य सुधार आएको नेप्से सोमबार भने गिरावट देखिएको छ । सोमबार बीमा समुहमा पनि ७९ दशमलब ०६ अंकले घटेको छ । बीमा शुन्य दशमलब ९३ प्रतिशत अंकको गिरावट आउदा आठ हजार चार सय ७९ दशमलब ३७ विन्दुमा रोकिएको हो । सोमबार बीमा समुहको कारोबार भने सात करोड ७८ लाख २५ हजार ६ सय भएको छ ।
सोमबार नेप्से चार दशमलब २४ अंकले घट्दा १५ सय ४३ दशलमब ७० विन्दुमा झरेको छ । शुन्य दशमलब २७ प्रतिशत अंकको परिवर्तन हुदा नेप्सेमा कारोबार भने ४७ करोड बराबरको मात्रै भएको छ ।
सोमबार बीमा समुहको धेरै कारोबार गर्ने सुचिमा एउटा कम्पनी मात्रै पर्न सफल भएको छ । दुई करोड ७५ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको दोस्रो स्थान रहेको छ । कारोबार संख्याको आधार नेपाल लाइफको एक सय ५९ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेको छैन् । त्यस्तै धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैन भने धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी मात्रै रहेका छन् ।
सोमबार नेपाल स्टक एक्सचेञ्जमा एक सय ६१ कम्पनीका १० लाख ३५ हजार सात सय नौ कित्ता शेयरहरु छ हजार तीन सय २५ वटा कारोबारबाट ४६ करोड ९३ लाख ७४ हजार नौ सय ४६ रुपैँयामा किनबेच भएका छन् ।