असोज ३, काठमाडौँ ।
कास्कीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत सरकारद्वारा सञ्चालित बीमा कार्यक्रममा असोज २ गतेसम्म ४२ हजार ५०० जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
विसं २०७३ पुस १२ गतेबाट सञ्चालन भएको बीमा कार्यक्रमबाट २ करोड रुपैयाँ संकलन भएको छ भने १४ हजार ५ सय जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । अस्पतालबाट सेवा प्रदान गरेबापत अस्पताललाई १ करोड २५ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
सेवा प्रदायक अस्पतालमा गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पताल निजी अस्पताल हुन भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृ शिशु मितेरी अस्पताल तथा अर्मला, भेडाबारी, थुम्सीकोट र कृस्ती स्वास्थ्य चौकी रहेका छन् ।
स्वास्थ्य बीमा दर्ता गर्नेमा जिल्लाको कूल जनसंख्याको नौ प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा दर्ता गर्नेको संख्या असार मसान्तसम्म २५ प्रतिशत पु¥याउने लक्ष्य रहेको भट्टराईले बताए । बीमा दर्ता प्रक्रिया नियमितरुपमा सञ्चालन भइरहेको छ भने दर्ता सहयोगीका रुपमा १ सय १२ जनालाई खटाइएको छ । स्थानीय तहको नयाँ संरचनाअनुसार दर्ता सहयोगीको संख्या बढाएर १ सय ३० पु¥याइने उहाँले बताए । सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ५ सय ३० प्रकारका औषधिलाई वृद्धि गरी ९ सय २८ पु¥याइएको छ । रासस