बीमा न्युज,
असोज ४, काठमाडौं । प्रभु इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । गत बर्षको कमाईबाट १९.२० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । प्रभुले ११ करोड ८ लाख ८४ हजार ५३९ रुपैयाँ बराबरको बोनस बाड्ने तयारी थालेको छ ।
संचालक समितिको ३५३ औं बैठकले आर्थिक वर्ष २०७३÷७४ को बोनसमा लाग्ने कर बापत ५८ लाख ३६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधरणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।
गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले १७ करोड ३८ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको चुक्ता पूँजी ५७ करोड ७५ लाख २४ हजार रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी झण्डै ७९ करोड रुपैयाँ पुग्नेछ ।
प्रभु इन्स्योरेन्सले बीमा शुल्क संकलनमा १० प्रतिशतले बृद्धि गर्दै आर्थिक बर्ष २०७३÷७४मा २७ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । ८३ करोड ७४ लाख बीमा शुल्क संकलन गर्दा कम्पनीले १७ सय २० वटा दाबी भुक्तानी स्वरुप ३५ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ रहेको कम्पनीको महाबिपत्ती कोषमा ५ करोड ४४ लाख रहेको छ ।