Nepal Life Insurance

यात्रा र यात्रीको सहयात्री : ट्राभल इन्स्योरेन्स

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार १८:४२

सागर चन्द

बीमा न्युज
असोज ६, काठमाडौँ ।
कामको शिलशिलामा घर बाहिर रहेका नेपालीहरु आ-आफ्ननो घर फर्किने क्रम बढेको छ । दशैँ, तिहार तथा छठको मौका पारेर देश भित्रै यात्रा गर्नेहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भएको । विदेशमा रहेका नेपालीहरु पनि नेपाल फर्किने चटारोमा छन् । कतिपयले भने चाडपर्वको लामो बिदामा घुम्न जाने योजना समेत बनाएका हुन्छन् । धेरै कार्यालयहरु चडपर्वको समयमा बन्द रहने भएकाले पनि मानिसहरु बीदामा यात्रा गर्न रुचाउँछन् । देश भित्रै वा देश बाहिर यात्रा गर्नेहरुले छुटाउनै नहुने कुरा हो ट्राभल इन्स्योरेन्स (यात्रा बीमा) । देश बाहिर वा देश भित्र जुनसुकै स्थानको यात्रा गर्दा तपाईको सुरक्षाको भरपर्दो उपाय हो ट्राभल इन्स्योरेन्स । हरेक यात्रीको सहयात्री हो ट्राभल इन्स्योरेन्स ।
मानिसहरु शहरी कोलाहलबाट मुक्त हुन । मनोरञ्जनको लागि । छुट्टी मनाउन । व्यापार तथा अन्य विभिन्न कामको शिलशिलामा यात्रा गर्छन् । पछिल्ला केही दशकमा साहसीक ट्राभल/पर्यटन गर्नेहरुको संख्या निकै बढेको छ । साहसिक पर्यटनमा नेपाली युवाहरुको पनि रुचि बढ्दै गएको छ । साहसिक ट्राभल निकै जोखिम पूर्ण मानिन्छ । यस्तो जोखिम पूर्ण यात्रा गर्दा ट्राभल इन्स्योरेन्स गराउनुपर्छ ।

 हेल्थ इन्स्योरेन्स पोलिसीले ट्राभल मेडिकल इन्स्योरेन्सको काम गदैन् । स्वास्थ्य बीमाले यात्राका दौरान हुने बिमारी र दुर्घटना समेट्दैन् ।

नियमित कार्य र स्थान भन्दा टाढा गएर गरिने यात्रा जोखिमपूर्ण हुन्छ । यात्रा गर्दा विभिन्न जोखिमहरु हुन्छन् । दुर्घटना परेमा । बिरामी भएमा । प्रतिकुल मौसमले यात्रा स्थगित भएमा । वा यात्राको दौरान अन्य कुनै कारणले थप आर्थिक भार पर्न जान्छ । यात्राका संभावित जोखिमले उत्पन्न गर्ने आर्थिक भारबाट भारबाट मुक्त हुनको लागि ट्राभल इन्स्योरेन्स गरिन्छ । ट्राभल इन्स्योरेन्स गरेमा यात्रा अवधिका संभावित जोखिमहरुको तनावबाट मुक्त भईन्छ ।

यात्रा बीमामा सामेल हुने जोखिमहरु

ट्राभल इन्स्योरेन्सले परिवारका सदस्य बिमारी भएमा । घाईते भएमा वा मृत्यु को कारणले यात्रा स्थगन गर्नु हुन जाने नोक्सानीको भर्पाई प्रदान गर्छ । यात्रा अवधिमा बीमारी भएमा औषधोपचार खर्च पनि ट्राभल इन्स्योरेन्सले व्योहोर्छ । विदेश यात्रा गर्दा पासपोर्ट वा लगेज हराएमा चोरी भएमा ट्राभल इन्स्योरेन्सले क्षतिपुर्ति प्रदान गर्छ । कतिपय अवस्थामा अस्थाई पासपोर्टको समेत व्यवस्था गर्छ । प्राकृतिक तथा आतंकवादी गतिविधिले यात्रा स्थगित भएमा वा लम्बिीदाँ थपिने आर्थिक भार ट्राभल इन्स्योरेन्सलले तिर्न मद्धत गर्छ ।

ट्राभल इन्स्योरेन्स पोलिसीहरु(बीमालेख)

डोमेस्टिक ट्राभल इन्स्योरेन्स

डोमेस्टिक ट्राभल इन्स्योरेन्स देशभित्रै यात्रा गर्नेहरुको लागि निर्माण गरिएको इन्स्योरेन्स पोलिसी हो । डोमेस्टिक ट्रभालको दौरा पोलिसीमा उल्लेख भए अनुसारका जोखिमहरुको सामना गर्नु परेमा यो बीमा पोलिसी फाइदाजनक हुन्छ । डोमेस्टिक यात्रा बीमा ट्राभल एजेण्टबाट नै खरिद गर्न सकिन्छ । अथवा बीमा कम्पनीबाट पनि खरिद गर्न सकिन्छ ।

इन्टरनेशनल इन्स्योरेन्स इन्स्योरेन्स

विदेश यात्राको अवधिमा तपाईको पासपोर्ट वा अन्य महत्वपुर्ण कागजपत्रहरु हराएमा । यात्रारत जाहाज हाइज्यक भएमा वा अन्य समस्या आएर यात्रा अवधिमा दुर्घटना भएमा विदेशमा उपचारको लागि आर्थिक सहयोग गर्छ । यसका साथै यात्रा रद्ध गर्नुपरेमा पनि यो पोलिसी फलदायी हुन्छ । यो पोलिसी पनि ट्राभल कम्पनीबाटै खरिद गर्न सकिन्छ ।

कर्पोरेट ट्राभल इन्स्योरेन्स

कर्पोरेट ट्राभल इन्स्योरेन्स पोलिसीले कर्मचारीहरुको यात्रामा आईपर्ने संभावित जोखिमको आथिक सुरक्षा प्रदान गर्दछ । यो पोलिसी कार्यालयको कामको शिलशिलामा यात्रा गर्दा आफ्ना कर्मचारीको लागि कम्पनीले नै खरिद गरिदिने प्रचलन छ । विदेश या स्वदेश जुनसुकै स्थानको यात्रा गर्दा यो पोलिसी खरिद गर्न सकिन्छ ।

स्टुडेन्ट ट्राभल इन्स्योरेन्स

यो पोलिसी पोलिसी उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका लागि निर्माण गरिएको हो । विद्यार्थीको कागजपत्रहरु हराएमा त्यसको भर्पाइको लागि यो पोलिसी अत्यन्त फाईदाजनक रहन्छ । त्यसैगरि यात्राको दौरान कुनु दुर्घटना भएमा पनि यो पोलिसीले उपचार खर्चको जोखिम वहन गर्छ ।

जेष्ठ नागरिक  ट्राभल इन्स्योरेन्स

यो पोलिसी ६१ वर्ष देखि ७० वर्षका नागरिको लागि निर्माण गरिएको हो । जेष्ठ नागरिकलाई यात्रामा आईपर्ने जोखिमहरुको आर्थिक भार कम गर्न यो पोलिसी सहयोगी छ ।

 फेमिली  ट्राभल इन्स्योरेन्स

यो बीमा पोलिसी सपरिवार यात्रा गर्दा खरिद गर्ने गरिन्छ । यस पोलिसीमा परिवारका सबै सदस्यहरुको बीमा गरिन्छ । सपरिवार यात्रा गर्दा आईपर्ने संभावित जोखीमको आर्थिक भार कम गर्दैक यात्रालाई तनाव मुक्त बनाउन यो पोलिसी खरिद गर्नुहोस् ।

यसका साथै विभिन्न बीमा कम्पनी अनुसार । ट्राभल मेडिकल इन्स्योरेन्स, ट्रेकिगं तथा एक्सपिडिसन इन्स्योरेन्स, हवाई यात्रा इन्स्योरेन्स, सामुन्द्रीक यात्रा इन्स्योरेन्स, सडक यात्रा इन्स्योरेन्स, लगेज इन्स्योरेन्स, टिकट क्यान्सेलेसन इन्स्योरेन्स जस्ता विभिन्न प्रकारका ट्राभल इन्स्योरेन्स पोलिसी सार्वजनिक गरेका हुन्छन् । जुन तपाई आफ्नो आवश्यकता र इच्छा अनुसार खरिद गर्न सक्नुहुन्छ ।

 

ट्राभल इन्स्योरेन्सका केही रोचक तथ्य

१. हेल्थ इन्स्योरेन्स पोलिसीले ट्राभल मेडिकल इन्स्योरेन्सको काम गदैन् । स्वास्थ्य बीमाले यात्राका दौरान हुने बिमारी र दुर्घटना समेट्दैन् ।
२.प्रत्येक बर्ष विश्वभर ३.१ अर्ब भन्दा धेरै मानिस यात्रामा निस्कन्छन् । तर यी मध्ये करिब ५५ प्रतिशतले मात्रै ट्राभल इन्स्योरेन्स गर्छन् ।
३.सन् २००१ सेप्टेम्बर ११ मा अमेरीकामा भएको आंतककारी हमला पश्चात ट्राभल इन्स्योरेन्स गराउनेको संख्यामा बृद्धि भएको मानिन्छ ।
४.अमेरीकी ट्राभल इन्स्योरेन्स एशोसियसनका अनुसार अमेरीकामा बार्षिक १.३ अर्ब अमेरीकी डलर बराबरको ट्राभल इन्स्योरेन्स गरिन्छ ।
५.भारतमा ५० लाख भन्दा धेरैले रेल यात्रा बीमा गरेका छन् ।

 

नेपालमा ट्राभल इन्स्योरेन्स गराउने कम्पनीहरु

  • हिमालयन जनरल इन्स्योरेन्स
  • युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड
  • नेको इन्स्योरेन्स
  • एभरेष्ट इन्स्योरेन्स
  • सगरमाथा इन्स्योरेन्स
  • प्रभु इन्स्योरेन्स
  • एन.बि इन्स्योरेन्स
  • शिखर इन्स्योरेन्स
  • लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी
  • सिद्धार्थ इन्स्योरेन्स लिमिटेड
  • प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड
  • एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड

यो पनि पढ्नुहोस

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....