बीमा न्युज,
असोज ८, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बोनस वितरण गर्ने भएको छ । गत आर्थिक बर्षको नाफाबाट शेयर धनीलाई २० प्रतिशत बोनस वितरण गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको १२२ औं बैठकले उक्त निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल रहेको चुक्ता पूँजी ५३ करोड ४५ लाख १७ हजार पाँच सय रुपैयाँको २० प्रतिशतले हुन आउने १० करोड ६९ लाख तीन हजार पाँच सय रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत बराबरको ५६ लाख २६ हजार ५०० रुपैयाँ नगद लाभांश प्रस्ताव गरि बीमा समितिमा स्वीकृतिका लागि पेश गरिएको जनाएको छ ।
प्रस्तावित बोनस बीमा समितिबाट स्वीकृत भएर कम्पनीको साधारणा सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । त्यसपछि कम्पनीको चुक्त्ता पूँजी ६४ करोड १४ लाख २१ हजार रूपैयाँ कायम हुनेछ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफा १८ दशमलव ८१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गएको आर्थिक बर्षमा २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जब की अघिल्लो आर्थिक बर्षमा १८ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो । कम्पनीको जगेडा कोषमा १४ करोड ४१ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ४१ करोड ३४ लाख रुपैयाँ रहेको छ ।