बीमा न्युज,
असोज ९, काठमाडौँ ।
युनाईटेड इन्स्योरेन्सले ३ सय ६५ दिन नै कार्यालय संञ्चालन गर्ने भएको छ । कम्पनीको पुरानो मूख्यालय रहेको स्थान दरबारमार्गबाट ३ सय ६५ दिन नै सेवा प्रदान गर्ने भएको छ । कम्पनीले सेवाग्राहीको सहजताका लागि दरबारमार्ग शाखा शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि संञ्चालन गर्ने बताएको हो । वि.स २०५० सालमा स्थापना भएको कम्पनीले देशका विभिन्न २८ वटा स्थानमा शाखा कार्यालय संञ्चालन गरिरहेको छ । शनिबार ११ बजे देखि २ बजेसम्म खुल्ला रहने छ, भने अन्य सार्वजनिक बिदाको दिन ९ः३० बजे देखि १ बजेसम्म दरबारमार्ग शाखा खुल्ला रहने छ ।