बीमा न्युज,
काठमाडौं । नेको इन्स्यारेन्स कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न २२ औ बार्षिक साधारण सभाले उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । साथै कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने भएको छ । बोनश शेयर वितरण पछि कायम हुने शेयरको ५० प्रतिशत हकप्रद शेयर गर्ने समेत सभाले निर्णय गरेको छ ।
त्यस्तै, कम्पनीले बेस्ट म्यानेज जनरल इन्स्योरेन्सको फस्ट रनर अप अवार्डबाट समेत सम्मानित भएको छ । न्यू विजनेश एजले आयोजना गरेको न्यू विज विजनेश अवार्ड २०१७ अन्र्तगत कम्पनी निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो उत्कृष्ट व्यवस्थित कम्पनी बन्न पुगेको हो ।