बीमा न्युज,
असोज २०, काठमाडौं । नयाँ तीन निर्जीवन बीमा कम्पनीले बीमा समितिबाट व्यवसाय सञ्चालनका लागी सैद्धान्तिक सहमती पाएका छन् । जीवन बीमा कम्पनीहरुले धमाधम कारोबार शुरु गर्न थालेपछि समितिले निर्जीवन बीमा कम्पनीलाई पनि सञ्चालन अनुमति प्रदान गर्न शुरु गरेको हो ।
समितिका अनुसार हाल सानिमा, अजोड र जनरल इन्स्योरेन्स कम्पनीले सैद्धान्तिक सहमती पाएका छन् । यद्यपी निर्जीवन बीमा व्यवसाय सञ्चालनका लागी समितिमा चार वटा कम्पनीले निवेदन दिएका थिए ।
समितिबाट सैद्धान्तिक सहमती पाएका कम्पनीहरुलाई पूँजी कायम गरी आउन तीन महिनाको अवधि दिईएको छ । समितिको निर्देशन अनुसार उक्त अवधि भित्रमा पूँजी कायम गरी आउने कम्पनीले मात्रै सञ्चालन अनुमति पाउँनेछन् । सञ्चालन अनुमति पाएका कम्पनीले तीन महिना भित्रका आवश्यक पूर्वाधार तयारी गरी कारोबार शुरु गर्नुपर्नेछ ।
बीमा व्यवसाय सञ्चालनका लागि २०६४÷६५ सालमा कम्पनीहरु रजिष्ट्रार कार्यलयमा दर्ता भै बसेका थिए । तत्कालिन समयमा पाँच निर्जीवन बीमा कम्पनी कार्यलयमा रजिष्ट्रर भएका थिए । तर, समितिले अद्यवधिक भएर आउन निर्देशन दिदाँ चार वटा कम्पनी मात्रै समितिमा पुगेका थिए । दर्ता भएका पाँच कम्पनीमध्ये आईडियल जनरल इन्स्योरेन्स स्वस्फूर्त खारेजी गरेको थियो । त्यस्तै, बाँकी रहेका चार कम्पनीमध्ये मनकामना इन्स्योरेन्स कम्पनीले पनि समितिले निर्देशन दिएको शर्त पुरा गर्न नसकेपछि सैद्धान्तिक सहमती नपाएको स्रोतले बताएको छ । समितिको निर्देशन अनुसार नयाँ निर्जीवजन बीमा कम्पनीहरुले एक अर्ब चुक्ता पूँजी पु¥याउनुपर्ने छ ।