बीमा न्युज,
काठमाडौं । स्टार लाइफ इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । स्टार लाइफको साधारण सभाले कम्पनीको नाम परिवर्तन गरी प्रभु लाइफ इन्सुरेन्स राख्ने विशेष प्रस्ताव पारित गरेको छ ।
अब स्टार लाइफ इन्स्योरेन्स कम्पनी प्रभु लाइफ इन्सुरेन्सका नामबाट सञ्चालन हुनेछ । बीमा समितिले नाम परिवर्तन गर्न स्वीकृति दिए पछि कम्पनीले नाम परिवर्तन गर्न साधारण सभा बोलाएको हो ।
कम्पनीको प्रबन्धपत्र, नियामवली संशोधन गर्न नियामक निकायबाट निर्देशन भएमा सोही अनुसार गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई पनि विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । प्रतिस्पर्धात्मक बजारमा अघि बढ्न नयाँ प्रडक्टहरू सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।