बीमा न्युज,
असोज २२, काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्सेसँगै बीमा समूहमा पनि भारी गिरावट देखिएको छ । नेप्सेमा सुचिकृत समूह मध्ये बीमा समूहको सबैभन्दा धेरै अंकले गिरावट आएको हो । समग्र नेप्सेमा ३२ दशमलब ६४ अंकले घट्दा बीमा समूहमा एक सय ९३ दशमलब १२ अंकले गिरावट आएको हो ।
आइतबार बीमा समूहमा एक सय ९३ दशमलब १२ अंकले गिरावट आउदाँ दुई दशमलब २८ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार दुई सय ६५ दशमलब २३ विन्दुमा रोकिएको छ । बीमा समूहको कारोबार भने आठ करोड नौ लाख २९ हजार चार सय भएको छ ।
आइतबार बीमा समूहको धेरै कारोबार गर्ने सुचिमा दुई बीमा कम्पनी मात्रै पर्न सफल भएका छन् । दुई कम्पनीमा एक करोड ४३ लाख बराबरको कारोबार भएर नेपाल लाइफ सुचिको तेस्रो स्थानमा रहेको छ भने ८८ लाख बराबरको कारोबार भएर नेपाल इन्स्योरेन्स सुचिको नबौं स्थानमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै दुई सय १२ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा नेशनल लाइफ र सगरमाथा इन्स्योरेन्स कम्पनी परेका छन् । यस्तै गुमाउनेमा प्रुडेन्सियल र लुम्बिनी इस्योरेन्स कम्पनीरहेका छन् ।
आइतबार नेप्से ३२ दशमलब ६४ अंकले घट्दा १५ सय ४२ दशलमब १० विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५२ कम्पनीका नौ लाख ७२ हजार छ सय २४ कित्ता शेयरहरू चार हजार नौ सय ७९ कारोबारबाट ४१ करोड ४९ लाख ९८ हजार नौ सय ८३ रुपैँयामा किनबेच भएका छन् ।