बीमा न्युज,
असोज २३, काठमाडौ । दशैपछि निरन्तर ओरालो लागेको नेप्से आज सोमबार पनि जारी छ । नेप्सेमा सुचिकृत समुह मध्ये बीमा समुहको पनि यहिँ अवास्था छ । नेप्सेसंगै बीमा समुहमा पनि गिरावट देखिएको हो । समग्र नेप्सेमा ८ दशमलब १२ अंकले घट्दा बीमा समुहमा ४७ दशमलब २७ अंकले गिरावट आएको छ । नेप्सेमा अन्य समुह बाहेक सबै समुहमा गिरावट आएको हो ।
सोमबार बीमा समुहमा ४७ दशमलब २७ अंकले गिरावट आउदाँ शुन्य दशमलब ५७ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार दुई सय १७ दशमलब ९६ विन्दुमा झरेको हो । बीमा समुहको कारोबार भने छ करोड ९७ लाख ५४ हजार आठ सय रुपैयाँ भएको छ ।
सोमबार बीमा समुहको धेरै कारोबार गर्नेमा एक करोड २० लाख बराबरको कारोबार भएर नेपाल लाइफ मात्रै सुचिको चौथौं स्थानमा रहेको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै दुई सय चार पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा एशियन लाइफ र प्रभु इन्स्योरेन्स कम्पनी परेका छन् । यस्तै गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।
सोमबार नेप्से आठ दशमलब १२ अंकले घट्दा १५ सय ०१ दशलमब ८९ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५२ कम्पनीका छ लाख ४३ हजार पाँच कित्ता शेयरहरु तीन हजार छ सय ६० कारोबारबाट ३१ करोड ६८ लाख छ हजार सात सय ५८ रुपैँयामा किनबेच भएका छन् ।