Nepal Life Insurance

KNOW YOUR COMPANY : सिद्धार्थ इन्स्योरेन्स

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार १७:०८

सागर चन्द

बीमा न्युज,
असोज २३, काठमाडौँ ।
सन् २००६मा स्थापना भएको सिद्धार्थ ईन्स्योरेन्स लिमिटेड निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनी हो । सिद्धादर्थ बैकं लिमिटेडको १५ प्रतिशत, संस्थापन पक्षको ५१ प्रतिशत र सर्वसाधारणको ३४ प्रतिशत शेयर लगानी सहित सिद्धार्थ इन्स्योरेन्स लिमिटेड स्थापना भएको हो । कम्पनीसंग ५३ करोड ४५ लाख १७ हजार ५ सय रुपैयाँ जारी पूँजी रहेको छ ।
आर्थिक बर्ष २०७२/७३ सम्ममा कम्पनीसंग कायम बीमालेखको संख्या १ लाख ५ हजार ७सय ८२ रहेको छ । कम्पनीले २०७४को असार मसान्त सम्म जारी बीमालेखको संख्या १ लाख २४ हजार ४ पुगेको छ । जसमा नविकरण गरिएका बीमालेखको संख्या २६ हजार ७सय ४२ रहेको छ ।

बीमाशुल्क संकलन

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आ.व २०७२/७३मा १ अर्ब १६ करोड ५८ लाख ३८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । आ.व ७२÷७३मा अघिल्लो आर्थिक बर्ष (२०७१/७२)को भन्दा बीमाशुल्क संकलनमा १९.९२ प्रतिशतले बृद्धि भएको तथ्यांकले देखाएको छ । कम्पनीले आ.व ७१÷७२मा ९७ करोड २१ लख ८४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
संकलित कुल बीमाशुल्कमा सबैभन्दा धेरै मोटर बीमाको ४३ प्रतिशत हिस्सा रहेको छ । संकलित बीमाशुल्कमा सबैभन्दा थोरै हवाई बीमाको ४ प्रतिशत हिस्सा रहेको छ ।
कम्पनीले आव ७२/७३मा खुद नाफामा पनि बृद्धि गरेको छ । आ.व ७१/७२मा १६ करोड ९९ लाख ८४ हजार खुद नाफा गरेको थियो । आ.व ७२/७३मा खुद नाफामा अघिल्लो बर्षको तुलनामा ९.४७ प्रतिशतले बृद्धि गर्दै १८ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

पूँजी र लगानी

२०७३ अषाढ मसान्त सम्म ३४ करोड ४८ लाख ५० हजार रुपैयाँ चुत्ता पूँजी रहेको कम्पनीको बीमा कोषमा ३० करोड २७ लाख ६७ हजार ९ सय ८९ रुपैयाँ रहेको छ । कम्पनीसंग बैंक मौज्दातमा ७ करोड ६२ लाख ४५ हजार ९ सय ३० रुपैयाँ छ । २० करोड ८ लाख ९९ हजार ६ सय ३३ हजार रुपैयाँ दिर्घकालिन लगानी गरेको कम्पनीले ७७ करोड १५ लाख ९ हजार १ सय १० रुपैयाँ अल्पाकालिन लगानी गरेको छ । कम्पनीले विभिन्न वित्तिय संस्था तथा अन्य कम्पनीको शेयर कारोबारमा ६ करोड १५ लाख ८५ हजार ७ सय ७३ रुपैयाँ लगानी गरेको छ ।

आम्दानी र खर्च

आ.व ७२/७३ सम्ममा खुद बीमा शुल्क अन्र्तगत ५६ करोड ९२ लाख १७ हजार ८सय ११ रुपैयाँ आर्जन गरको कम्पनीको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । बीमाशुल्क, पूर्नबीमा कमिशन, लगानी तथा कर्जा लगायतका अन्य विविध स्रोतबाट १ अर्ब १४ करोड ८५ लाख १९ हजार ४ सय ६७ रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक बर्ष(७१/७२ )मा कम्पनीले ९४ करोड १९ लाख ९२ हजार ४ सय ६८ रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले आ.व ७२/७३मा २४ करोड ६० लाख ६३ हजार ८ सय ७३ रुपैयाँ खुद दावी भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कम्पनीले सबैभन्दा धेरै अग्नी बीमा अन्र्तगत ४५ प्रतिशत दावी भुक्तानी गरेको छ । हवाई बीमा तर्फ सबैभन्दा थोरै २ प्रतिशत दावी भुक्तानी गरेको कम्पनीले प्रतिवेदनमा उल्लेख गरेको छ । आ.व ७२/७३मा कम्पनीले अघिल्लो आर्थिक बर्ष भन्दा ४ करोड ७० लाख ४० हजार ५ सय ९६ रुपैयाँ बढि दावी भुक्तानी गरेको छ । दावी भुक्तानी, अभिकर्ता कमिसन, पूर्नबीमा कमिशन खर्च, व्यवस्थापन खर्च लगायतका अन्य खर्चहरु अन्र्तगत कम्पनीले ८७ करोड ४० लाख ५४ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको जनाएको छ । अघिल्लो बर्ष कम्पनीले यही शिर्षकमा ७५ करोड ३२ लाख ६९ हजार १ सय २ रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले ७२/७३मा कुल बीमाशुल्कको १०.६४ प्रतिशत रकम व्यवस्थापन खर्चमा प्रयोग गरेको छ । आ.व ७१/७२ मा ९२ जना बीमा अभिकर्ता रहेको कम्पनीले कुल बीमाशुल्कको ६.०५ प्रतिशत अभिकर्ता सम्बन्धी खर्च गरेको थियो तर आ.व७२/७३मा बीमा अभिकर्ताको संख्या १ सय ४१ पुग्दा अभिकर्ता सम्बन्धी खर्च भने कुल बीमाशुल्कको ३.०२ प्रतिशत मात्रै खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्य विवरण 

आ.व ७२/७३मा कम्पनीले १ लाख ५ हजार ७ सय ८२ बीमालेख जारी गरेको छ । जसमा सबैभन्दा धेरै ६१ हजार ७ सय १ मोटर बीमालेख रहेका थिए । अघिल्लो आर्थिक बर्षमा ६वटा हवाई बीमालेख जारी गरेको कम्पनीले आ.व ७२/७३मा ४ वटा हवाई बीमालेख जारी गरेको छ । कम्पनीको सबैभन्दा थोरै बीमालेख रहेको क्षेत्र हवाई बीमा क्षेत्र हो । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ९५ हजार २ सय ३२ बीमालेख जारी गरेको थियो ।
कम्पनीले जारी गरेका बीमालेखको कुल बीमाकं रकम ३ अर्ब ७ करोड ६२ लाख ६ हजार ४ सय २७ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जसमध्ये कम्पनीले पूर्नबीमकलाई २ अर्ब १ करोड ७८ लाख ८ हजार ८ सय ६६ रुपैयाँ बीमाकं बराबरको जोखिम हस्तान्तरण गरेको छ, भने १ अर्ब ५ करोड ८३ लाख ७ हजार ५ सय ६० रुपैयाँ बीमाकं बराबरको जोखिम कम्पनी आफैले धारण गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले देशका विभिन्न ४४ स्थानमा रहेका कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा २ सय १२ जना कर्मचारी कार्यरत रहेका छन् । समग्र नर्जिवन बीमा बजारको ९ प्रतिशत हिस्सा आफुले ओगटेको कम्पनीले बताउने गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले अग्नि बीमा, सामुन्द्रीक बीमा, सवारी साधन बीमा, इन्जिनियरीगं बीमा, हवाई बीमा, लघु बीमा लगायत अन्य ६ प्रकारका बीमा गर्दै आएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....