बीमा न्युज,
असोज २४, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सुचिकृत भएको छ । नेप्सेमा ३९ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
कम्पनीको चुक्ता पूँजी ७८ करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ८९ करोड ११ लाख ५० हजार र आर्थिक वर्ष २०७५/७६ भित्रमा एक अर्ब एक करोड ८१ लख ३९ हजार चुक्ता पुजिँ पुर्याउने अनुमान गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनीले १९ करोड नौ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।