काठमाण्डौ । बिमा समितिले कर्मचारी माग गर्दै सूचना निकालेको छ । समितिले विभिन्न चार पदमा २९ कर्मचारी माग गर्दै मंगलबार सूचना निकालेको हो ।
प्रशासन समूहको सहयक निर्देशक पदमा सबैभन्दा धेरै १७ जनाको माग गरेको समितिले कानून समूहको उपनिर्देशक पदमा पाँच जना, कानून समूहकै उपनिर्देशक पदमा एक जना र प्रशासन समूहको सहायक प्रथम पदमा छ जना जागिरको अवसर खुलाएको हो ।
इच्छुक योग्य उम्मेद्वारले ३० दिनभित्र आवेदन दिइसक्नुुपर्ने सूचनामा उल्लेख छ ।
एनबीमा पनि रोजगारको अवसर
यस्तै, एनबी इन्स्योरेन्स कम्पनीले पनि रोजगारको अवसर खुलाएको छ । कम्पनीले मुख्य कार्यलयको लागि सहयक महानिर्देशक, व्यवस्थापक प्रमुख, शाखा कोअर्डिनेटर, कानून प्रमुख लगाएत विभिन्न पदमा धेरैको संख्यामा कार्मचारी माग गरेको छ ।
काठमाडौं लगायत बहिरी जिल्लाका विभिन्न स्थानहरुका लागि सिनिएर अफिसर, अफिसर, असिस्टेनट र जुनिएर असिस्टेन्ट माग गरेको हो ।
इच्छुक व्यक्तिले सूचना निकालेको १५ दिन भित्र आवेदन दिन आह्वान गरिएको छ ।