बीमा न्युज,
असोज २५, काठमाडौ । बुधबार नेप्सेसंगै बीमा सहुममा पनि सुधार आएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये बाणिज्य बैक, फाईन्न र प्रशोधन तथा उत्पादन समुह बाहेक सबैमा सुधार देखिएको हो ।
नेप्से तीन दशमलब ३६ अंकले बढ्दा बीमा समुहमा पनि ६० दशमलब ०८ अंकले बढेको छ ।
बुधबार बीमा समुहमा ६० दशमलब ०८ अंकले सुधार आउदाँ शुन्य दशमलब ७३ प्रतिशत अंकले परिवर्तन भएर आठ हजार दुई सय ६९ दशमलब ०५ विन्दुमा पुगेको हो । बीमा समुहको कारोबार भने चार करोड ७७ लाख नौं हजार पाँच सय रुपैयाँ भएको छ ।
बुधबार बीमा समुहको धेरै कारोबार गर्नेमा ७८ लाख बराबरको कारोबार भएर नेपाल लाइफ मात्रै सुचिको सातौं स्थानमा रहेको छ । कारोबार संख्याको आधार पनि नेपाल लाइफको मात्रै एक सय ६६ पटक कारोबार भएको छ । अरु कुनै कम्पनी कारोबार संख्याको आधारमा शिर्ष कारोबार गर्ने सुचिमा परेका छैनन् । त्यस्तै धेरै कमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स रहको छ भने गुमाउनेमा भने कुनै पनि बीमा कम्पनी रहेका छैनन् ।
बुधबार नेप्से तीन दशमलब ३६ अंकको सामान्य सुधार हुदा १५ सय ०५ दशलमब ९९ विन्दुमा रोकिएको छ । नेप्सेमा एक सय ६३ कम्पनीका सात लाख ५४ हजार ५३ कित्ता शेयरहरु तीन हजार सात सय ९४ कारोबारबाट ३२ करोड २३ लाख १० हजार पाँच सय ५३ रुपैँयामा किनबेच भएका छन् ।